आजदेखि चरा महोत्सव

२०७० माघ १९ गते, आईतवार

काठमाडौँ , १९ माघ । विश्व सिमसार क्षेत्रमा सुचीकृत जगदीशपुर तालको प्रचार प्रसार र पर्यटकीय विकासका लागि दुई दिने चरा महोत्सव आयोजना हुने भएको छ ।
१८औं विश्व सिमसार दिवसको अवसर पारेर आज माघ १९ र भोलि माघ २० गते ताल क्षेत्रमा पहिलो पटक चरा महोत्सव गर्न लागिएको हो । विश्वव्यापी रुपमा सचेतना फैलाउन सन् १९७१ देखि सुरु भएको विश्व सिमसार दिवस नेपालले पनि हरेक वर्ष मनाउँदै आएको छ ।
ताललाई चरा अवलोकनको राम्रो पर्यटन गन्तब्य बनाउन महोत्सव आयोजना गर्न लागेको जगदीशपुर ताल बहुसरोकार मंचका संयोजक तथा स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेले बताएका छन् ।
महोत्सवमा प्राप्त सुझावपछि थप योजना बनाएर चरा पर्यटनलाई नेपालमा नमुना बनाउने योजना रहेको छ । महोत्सवमा चरा, प्रकृति र सिमसारको अन्तरसम्वन्ध झल्कने बृत्तचित्र, पोस्टर पम्पलेट र तस्वीरहरु प्रदर्शन गरिने जनाइएको छ । महोत्सवका बेला चरा र सिमसार संरक्षणका लागि सचेतना गर्ने कार्यक्रम गर्न लागिएको छ । महोत्सवमा आउने सबैलाई चरा अवलोकन नजिकबाट गराउन बाइनाकुलरबाट देखाइनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु