समाज

चाबहिलमा बस पल्टियो

काठमाडौं, २० भदौ । काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण सिनेमा हल नजिकै बा१ख ९२४० नम्बरको यात्रुबहाक बस शुक्रबार बिहान दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइते मध्य २८ वर्षीया सविना मगरको अवस्था भने गम्भीर रहेको छ ।खानेपानीको पाइप विछ्याउन खनिएको खाल्डोमा परेर बस पल्टिएको प्रहरीले जनाएको छ । बस तीव्र गतिमा आएको र खाल्डोलाई छल्लखोज्दा […]

२०७१ भाद्र २० गते, शुक्रबार

यातायात व्यवसायी महासंघमा निर्वाचन हुदै

काठमाडौ , १९ भदौ । चितवनमा जारी नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघको चौथो महांधिवेशनमा नयां नेतृत्व छनौटकालागी आज मतदान हुँदै छ । नेपाली कांग्रेस एकीकृत माओवादीको समिकरणमा दिनेश भण्डारी एमालेबाट केदार खत्री क्षेत्रीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । ७५ पदकालागी झण्डै ३ सय बढीको उम्मेदवारी परेको छ । मतदान विहान ११ बजेपछि सुरुहुने छ । […]

२०७१ भाद्र १९ गते, बिहीबार

अकोराबको सम्मेलन सकियो

काठमाडौ, १९ भदौ ।सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) नेपालको दशौँ सधारणसभा तथा राष्ट्रिय सम्मेलन १० बँदे चरिकोट घोषणापत्र जारी गर्दै सकिएको छ । सम्मेलनले ५ बुँदे प्रतिवद्धतापत्र पनि जारी गरेको छ ।गएराती दोलखाको चरिकोटमा सकिएको सम्मेलनलसरकारले सामुदायिक रेडियोको पहिचान स्थापित गराउन पहल नगरेकोमा गम्भीर असहमती प्रकट गर्दै संसदको वर्तमान अधिवेसनबाटै सामुदायिक रेडियो मैत्री ऐन निर्माण […]

२०७१ भाद्र १९ गते, बिहीबार

मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै

काठमाडौ, १८ भदौ । आजदेखि मानव बेचबिखनविरुद्धको आठौँ राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र माइती नेपाललगायत गैरसरकारी संस्थाले संयुक्तरूपमा यो दिवस मनाउन लागेका हुन् । मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ र नियमावली २०६४ बने पनि त्यो प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा अझै पनि महिला बेचबिखनको काम पूर्णरूपमा […]

२०७१ भाद्र १८ गते, बुधबार

आज गौरापर्व

काठमाडौ, १७ भदौ । आज गौरापर्व उमा महेश्वरसहित दुबोको पूजा गरेर मनाइदै छ ।विशेषगरी सुदूरपश्चिमका नारीले यो पर्व मनाउने गरेका छन् । भाद्र शुक्ल अष्टमी अगाडि नै अगस्ति ऋषिको उदय भएको अवस्थामा भने भाद्र कृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीकै दिनमा गौरापर्व मनाउनुपर्नेमा यस वर्ष अगस्ति ऋषिको उदय यही भदौ १९ गते दशमी तिथिका दिनमा हुने […]

२०७१ भाद्र १७ गते, मंगलवार

आज जनकपुर बन्द

काठमाडौ, १६ भदौ । ल्याण्डफिल बनाउने तय भएको स्थानमा विश्व विद्यालय निर्माण गर्ने कार्यको विरोधमा आज १७ दलले जनकपुर बन्द गरेका छन् । जनकपुरका बजार, कलकारखाना, शिक्षणसंस्था र यातायात पूर्ण रुपमा ठप्प बनेको छ । एडिवी परियोजना अन्तर्गत धनुषाको फुलगामामा रहेको गुठीको जग्गामा ल्याण्डफिल साइट बनाउने तय भइसकेको बेला भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र […]

२०७१ भाद्र १६ गते, सोमबार

पश्मिना कारखानामा आगलागी, दुई करोडको क्षती

काठमाडौं, १५ भदौ ।काठमाडौंको गोलढुंगा गाउँ विकास समिति वडा नम्बर ६ मा रहेको आर. के. पश्मिना इण्डष्ट्रिजमा आज बिहानै आगो लागेको छ । विद्युत सर्ट हुँदा बिहानै साढे ५ बजे आगो लागेको थियो । दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगो निभाउन गएको एउटा दमकल बाटोमै बिग्रिएपछि अर्को दमकल पुग्दा आगो निभाउन ढिलाई भएको […]

२०७१ भाद्र १५ गते, आईतवार

हत्यारामाथि कारबाही नभएसम्म अनशन बसिरहन्छौं: तामाङ दम्पत्ति

काठमाडौं । आफ्नो छोरी सुशीलाको बलात्कारपछि हत्या भएकाले हत्यारमाथि कारबाही हुनुपर्ने भन्दै अनशनमा बसेका नुवाकोट बेलकोटमा पञ्वीर तामाङ र उनकी श्रीमती र्साईंली मायाका बारेमा कसैले सुनेका छैनन् । उनीहरुको अनशन सम्बन्धित कुनै निकायको आँखामा पनि परेको छैन । कुनै डलरवादी र एनजिओमा पहँुच नभएकै कारण उनीहरु ओझेलमा परेका छन् । तामाङ दम्पत्तिले छोरी सुशीलाको बलात्कारपछि […]

२०७१ भाद्र १४ गते, शनिबार

आज चथा पर्व

काठमाडौं, १२ भदौ । नेवार समुदायले आज बेलुकीपख चन्द्रमालाई पूजा गरेर चथा पर्व मनाउँदै छन । हरेक वर्षभाद्र शुक्ल चौथीको दिन मनाइने चथामा चन्द्रमालाई चोर देवताको संज्ञा दिएर पूजा गरिन्छ। त्यसैले आज चन्द्रमालाई हेर्यो कि मिथ्यामा चोरदोश लाग्छ भन्ने जनविश्वास छ। टोलटोलमा साँझ कुकुरले भुक्न थालेपछि कौशीको कुनामा लिपपोत गरी कलमको पात विछयाएर कमलको फूल, […]

२०७१ भाद्र १३ गते, शुक्रबार

आज तीज

काठमाडौँ, १२ भदौ । हिन्दू धर्मावलम्बी नारीहरू भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व महादेवको पूजा आराधना गरी मनाउँदैछन् ।सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् ।सखी पार्वती समस्यामा परेको थाहा […]

२०७१ भाद्र १२ गते, बिहीबार