चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार


काठमाडौँ। राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका अनुसार चैत मसान्तसम्म ३० लाख १९ हजार ११४ कार्ड प्रिन्ट भएको छ । सार्वजनिक सेवासँग अन्तरसम्बन्धित गराई विविध कामका लागि प्रयोगमा ल्याउने भनेर सरकारले राष्ट्रिय परिचयपत्र छाप्ने काम अघि बढाएको थियो । तर, हालसम्म परिचयपत्र बनाएर राख्ने र पासपोर्ट बनाउनबाहेक अन्य प्रयोजनमा प्रयोग भएको पाइँदैन ।
विभागका अनुसार सरकारसँग छाप्नका लागि एक करोड २१ लाख १७ हजार कार्ड उपलब्ध भएको थियो । तीमध्ये ३० लाख १९ हजार ११४ कार्ड नागरिकको विवरणसहित छापिएको हो । छापिएकामध्ये २१ लाख ७३ हजार ५०३ राष्ट्रिय परिचयपत्र कार्ड वितरणका लागि सम्पूर्ण जिल्ला प्रशासन कार्यालयमा पठाइएको विभागले जनाएको छ । चैत मसान्तसम्म देशभर चार लाख २२ हजार ९२१ वटा परिचयपत्र कार्ड वितरण भइसकेको छ ।

प्रतिक्रियाहरु