पश्मिना कारखानामा आगलागी, दुई करोडको क्षती

२०७१ भाद्र १५ गते, आईतवार


काठमाडौं, १५ भदौ ।काठमाडौंको गोलढुंगा गाउँ विकास समिति वडा नम्बर ६ मा रहेको आर. के. पश्मिना इण्डष्ट्रिजमा आज बिहानै आगो लागेको छ । विद्युत सर्ट हुँदा बिहानै साढे ५ बजे आगो लागेको थियो ।
दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगो निभाउन गएको एउटा दमकल बाटोमै बिग्रिएपछि अर्को दमकल पुग्दा आगो निभाउन ढिलाई भएको थियो । इण्डष्ट्रिजमा २ करोड रुपैयाँ क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रियाहरु