मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै

२०७१ भाद्र १८ गते, बुधबार


काठमाडौ, १८ भदौ । आजदेखि मानव बेचबिखनविरुद्धको आठौँ राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र माइती नेपाललगायत गैरसरकारी संस्थाले संयुक्तरूपमा यो दिवस मनाउन लागेका हुन् ।
मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ र नियमावली २०६४ बने पनि त्यो प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा अझै पनि महिला बेचबिखनको काम पूर्णरूपमा नियन्त्रण हुन सकेको छैन ।
मानव बेचविखन नियन्त्रण गर्ने उद्देश्यका साथ सरकारले यो दिवस मनाउन सुरु गरेको हो । यसका साथै बेचबिखनमा परेका चेलीको उद्धारका लागि सरकारले आठ वटा पुनःस्थापना केन्द्रको स्थापना गरेको छ ।

प्रतिक्रियाहरु