आज चथा पर्व

२०७१ भाद्र १३ गते, शुक्रबार


काठमाडौं, १२ भदौ । नेवार समुदायले आज बेलुकीपख चन्द्रमालाई पूजा गरेर चथा पर्व मनाउँदै छन । हरेक वर्षभाद्र शुक्ल चौथीको दिन मनाइने चथामा चन्द्रमालाई चोर देवताको संज्ञा दिएर पूजा गरिन्छ। त्यसैले आज चन्द्रमालाई हेर्यो कि मिथ्यामा चोरदोश लाग्छ भन्ने जनविश्वास छ।
टोलटोलमा साँझ कुकुरले भुक्न थालेपछि कौशीको कुनामा लिपपोत गरी कलमको पात विछयाएर कमलको फूल, चथास्वाँ, क्वँचास्वाँ, बुँस्वाँ, अदुवाको विरुवा, आरुको बियाँ लगायत विभिन्न भुटेका गेडागुडी, समय्बजी, फलफूल लगायत चढाएर चन्द्रमालाई पूजा गर्ने गरिन्छ।
पुराणमा चन्द्रमाले गणेशलाई हात्तिको जस्तो अनुहार भएको, भुँडी पनि बडेमान भएको भनेर जिस्काएको थियो । गणेशले रिसमा चन्द्रमालाई ‘ तिम्रो अनुहार जस्ले हेर्छ उसलाई चोरदोश लागोस् ‘ भन्ने सराप दिएको थियो । पछि महादेवको करमा गणेशले सधैं नभइ भाद्र शुक्ल चौथीको दिनमात्र चोरदोश लाग्ने गरि श्राप छोट्टयाएको भन्ने उल्लेख छ।यस पर्वलाई दशैसँग जोडिएर हेरिने संस्कृतिविद् डाक्टर चुन्दा बज्राचार्य बताउनु हुन्छ। आजको दिन पानी पर्यो कि दशैंमा पनि पानी पर्ने , आज राम्रो भयो कि दशैं पनि राम्रो हुने जन विश्वास छ।आजै गणेशको जन्म भएको विश्वासमा गणेश चौथीं पनि मनाइन्छ।

प्रतिक्रियाहरु