नेकपाका महासचिव विप्लव सी रसुवा जाँदै

२०८१ बैशाख १३ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सी यही वैशाख १५ गते रसुवामा हुने एक कार्यक्रममा सहभागी हुन जाने भएका छन् । बैशाख १५ गते रसुवा जिल्लाको कालिकास्थानस्थित कालिका उच्च मा.वि.को सभाकक्षामा हुने ‘समाजवादी अर्थव्यवस्था, चिलिमे मोडेल र आर्थिक रूपान्तरणमा जनसहभागिता’, विषयक गोष्ठिमा भाग लिन संयोजक विप्लव सी रसुवा जान लागेको नेकपाका स्थायी समिति सदस्य अनिल सीले जानकारी दिए ।
संयोजक विप्लव सी प्रमुख रहने उक्त कार्यक्रममा नेकपा (एस) का राजेन्द्र लोहनी, नेकपाका सागर सी, नेकपा (माके) का इन्दु गौतमलगायतले मन्तव्य राख्ने कार्यक्रम रहेको छ । कार्यक्रम समाजवादी मोर्चा नेपाल, रसुवाको आयोजनामा हुन लागेको बताइएको छ ।

प्रतिक्रियाहरु