उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक बढाउने सहमति

२०८१ बैशाख १३ गते, बिहीबार


काठमाडौँ । उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक बढाउने सहमतिसंगै काठमाडौँ र ललितपुरमा एसइई उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक बढाउनुपर्ने माग गर्दै शिक्षकहरूले ललितपुरमा सोमबारदेखि र काठमाडौँमा मंगलबारदेखि एसइईको उत्तरपुस्तिका परीक्षण रोकेका थिए । शिक्षक सङ्गठनहरूले उत्तरपुस्तिका परीक्षक, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकको पारिश्रमिक बढाउनुपर्ने माग राखेका थिए । राष्ट्रिय परीक्षा बोर्डले पारिश्रमिक बढाउने प्रक्रिया सुरु गरिसकेको आश्वासन दिएपछि शिक्षकहरू काममा फर्किएका हुन् ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार पारिश्रमिक बढाउने प्रक्रिया अघि बढिसकेको छ । जिल्ला शिक्षा समन्वय एकाइहरूका अनुसार काठमाडौँमा उत्तरपुस्तिका परीक्षण सुरु भएको र ललितपुरमा तयारीका केही काम सकेर शुक्रबारदेखि सुरु गर्ने तयारी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु