चाबहिलमा बस पल्टियो

२०७१ भाद्र २० गते, शुक्रबार


काठमाडौं, २० भदौ । काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण सिनेमा हल नजिकै बा१ख ९२४० नम्बरको यात्रुबहाक बस शुक्रबार बिहान दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइते मध्य २८ वर्षीया सविना मगरको अवस्था भने गम्भीर रहेको छ ।खानेपानीको पाइप विछ्याउन खनिएको खाल्डोमा परेर बस पल्टिएको प्रहरीले जनाएको छ । बस तीव्र गतिमा आएको र खाल्डोलाई छल्लखोज्दा अनियन्त्रित भइ पल्टिएको प्रत्यक्षदर्शीको भनाइ छ ।

प्रतिक्रियाहरु