रातो मच्छिन्द्रनाथको महास्नान सम्पन्न

२०८१ बैशाख १३ गते, बिहीबार


काठमाडौँ । रातो मच्छिन्द्रनाथको महास्नान सम्पन्न भएको छ । बुधवार ललितपुरको लगनखेलमा रहेको मण्डपमा रातो मच्छिन्द्रनाथको महास्नान भएको हो । मण्डपमा मूर्तिलाई पञ्चामृत र ठाउँठाउँबाट ल्याइएको चोखोपानीले भरिएको घडा बोकी चार दिशामा उभिएर मन्त्रोच्चारणसाथ विधिपूर्वक स्नान गराइएको हो ।
मच्छिन्द्रनाथको महास्नानको गराएको मध्यरातको समयमा सुटुक्क तःबहालमा भएको मन्दिरको पिँढीमा ल्याएर राख्ने परम्परा छ । रातो मत्स्येन्द्रनाथ मच्छिन्द्रनाथ) को रथयात्रा वैशाख महिनाको शुक्लपक्ष प्रतिपदादेखि शुरू भएर असार शुक्ल चौथीसम्म करिव दुई महिनासम्म मनाइन्छ । पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो यो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्व रहेको छ । प्रत्येक वर्ष रथयात्राको अन्तिम दिन भोटो जात्रा देखाउने प्रचलन रही आएको छ । जात्राका प्रमुख अतिथिको उपस्थितिमा सिल तोडेर भोटो निकाल्ने र देखाइसकेपछि तत्कालै सिल गरेर राख्ने प्रचलन छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु