युक्रेनद्वारा लामो दुरीको मिसाइल प्रयोग

२०८१ बैशाख १३ गते, बिहीबार

काठमाडौँ । युक्रेनले अमेरिकाले दिएको लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न थालेको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार क्रिमियामा रुसी लक्ष्यमा हमला गर्न एक पटक उनीहरुको प्रयोग गरिएको छ । बाइडेनले अब युक्रेनलाई ६१ बिलियन डलरको सहायता प्याकेज पनि स्वीकृत गरिसकेका छन् ।
अमेरिकाले यसअघि युक्रेनलाई आर्मी ट्याक्टिकल मिसाइल सिस्टम ९एटीएसीएमएस० मध्यम दूरीका हतियार उपलब्ध गराएको भए पनि अहिलेसम्म युक्रेनलाई कुनै पनि ठूलो र शक्तिशाली हतियार दिन अस्वीकार गरेको थियो ।
तर, अहिले बाइडेनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र उपलब्ध गराउने प्रस्तावलाई गत फेब्रुअरीमा गोप्य रूपमा हरियो संकेत दिएको बताइएको छ । यी क्षेप्यास्त्रले ३०० किलोमिटरको दूरीमा प्रहार गर्न सक्छन् ।
कति हतियार पठाइयो भन्ने अझै स्पष्ट भइसकेको छैन, तर अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनलाई थप हतियार पठाउने वाशिङ्टनको योजना रहेको बताएका छन्। – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु