समाज

सुकुम्बासी बस्ती चोरीका सामान थन्क्याउने अखडा

काठमाडौ, ९ माघ । प्रहरीले सुरक्षा व्यवस्था जति नै सुदृढ बनाएपनि उपत्यकामा चोरीका घटना नियन्त्रण हुन सकेको छैन। अनेक दाउ र जुक्ति लगाएर सुरक्षाकर्मीलाई छक्याउँदै चोरले चोरी गरिरहेकै छन् । चोर्न मात्र होइन चोरिएका सामान थन्काउन पनि अनेक जुक्ति लगाउने गरिएको खेलेको छ। कसैले पत्याउनै नसक्ने गरी राजधानीको एक सुकुम्बासी बस्तीनजिकै रहेको टहरामा लाखौँ रुपैयाँ […]

२०७२ माघ ९ गते, शनिबार

स्वास्थानी ब्रत सुरु हुदै

काठमाडौं, ९ माघ । हरेक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत र कथा वाचन आजदेखि सुरु हुँदैछ । नेपाली हिन्दू धर्मावलम्बी महिलाले एक महिना स्वस्थानी व्रत र माघ स्नान गर्छन् । पौष शुक्ल पूणिर्माको अघिल्लो दिनै हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान […]

२०७२ माघ ९ गते, शनिबार

रंगेलीमा कर्फ्यु हटयो

काठमाडौं , ८ माघ । हिजो प्रहरीको गोली लागेर दुई महिलासहित तीन जनाको मृत्यु भएपछि मोरङको रंगेलीमा लगाइएको कर्फ्यु आज बिहानबाट हटाइएको छ । स्थिति सामान्य बन्दै गएपछि कर्फ्यु हटाइएको स्थानीय प्रशासनले जनाएको छ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघले संविधान जागरणसभा आयोजना गरेकोमा त्यसलाई विथोल्न गएका मोर्चा कार्यकतालाई रोक्ने क्रममा हिजो झडप भएपछि […]

२०७२ माघ ८ गते, शुक्रबार

सुनको जलप लगाएर ठगी गर्ने प्रहरी फन्दामा

काठमाडौँ, ७ माघ । प्रहरीले धुलिखेलमा सुनको जलप लगाएर रु ३२ लाख ठगी गरेको आरोपमा पक्राउ परेका चारजनालाई सार्वजनिक गरेको छ । प्रहरीले उनीहरुसँगबाट नगद रु दुई लाख ५४ हजार ६७०, मोबाइल तीन थान, करिब एक तोलाको सुनको आँैठी र १० थान सिम कार्डसमेत बरामद गरेको छ । पक्राउ पर्नेमा धादिङको ढोला गाविस–७ बस्ने शिव […]

२०७२ माघ ७ गते, बिहीबार

मध्यरातमा पराकम्पन

काठमाडौं, ८ माघ । गएराति धादिङ र नुवाकोटको सीमालाई केन्द्रविन्दु बनाएर भूकम्पको पराकम्पन गएको छ । राति १ बजेर ७ मिनेट जाँदा ४.६ म्याग्नेच्युटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत मंसिर ३ गते सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्नेच्युटको पराकम्पन गएपछि यो नै ठूलो पराकम्पन हो । सात दिनअघि दोलखालाई केन्द्रबिन्दु बनाएर […]

२०७२ माघ ८ गते, शुक्रबार

मौसममा भोलिदेखि सुधार आउने

काठमाडौ, ७ माघ । मौसम पूर्वानुमान महाशाखाले आज बेलुका अथवा भोलिदेखि मौसम सफा हुँदै जाने जनाएको छ । उच्च वायुमण्डलमा न्यून चापीय रेखा विकास भएका कारण मंगलबारदेखि बदलिएको मौसमी अवस्थामा अब विस्तारै सुधार आउने भएको छ । न्यून चापीय रेखाको विकाससँगै पश्चिमी वायुको प्रभावले नेपालको पश्चिमी भू–भाग हुँदै सबैतिर फैलिएका कारण मौसम बदलीको साथै देशभर […]

२०७२ माघ ७ गते, बिहीबार

उच्च हिमाली जिल्लाहरुमा भारी हिमपात

काठमाडौ, ६ माघ । उच्च हिमाली जिल्लाहरुमा हिजो दिउँसोदेखि भारी हिमपात भैरहेको छ । पश्चिमी वायुको कारण भएको भारी हिमापत आज बिहानसम्म उच्च भागमा करीब दुइ फिट र सदरमुकाम आसपासमा एक फिट जति हिउ परेको छ । हिमपातले अत्यधिक चिसो बढेपछि बालबालिका र बृद्धबृद्धा बढि समस्यामा परेका छन् । जुम्ला सहित उच्च हिमालि जिल्लामा अझै […]

२०७२ माघ ६ गते, बुधबार

ताप्लेजुङमा विद्युत आपूर्ति बन्द

काठमाडौं, ६ माघ । ताप्लेजुङको हाङ्पाङ गाविसमा रहेको सोबुवाखोला साना जलविद्युत आयोजनाको कुलो मर्मत गर्ने भन्दै हिजोदेखि विद्युत आपुर्ती रोके सदरमुकाम फुङ्लिङमा विद्युत आपुर्ती ठप्प भएको छ । विद्युत आपूर्ति रोकिएपछि सदरमुकाम फुङ्लिङबजार सहित आसपासका क्षेत्र हाङ्पाङ, चाँगे र ढुङ्गेसाँघु गाविस अन्धकार भएका छन । ताप्लेजुङ विद्युत उपभोक्ता संस्थाका अध्यक्ष रणबहादुर कार्कीका अनुसार कुलो मर्मतको […]

२०७२ माघ ६ गते, बुधबार

इन्धनको मूल्य घट्यो

काठमाडौं, ५ माघ । नेपाल आयल निगमको सोमबार साँझ बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । प्रत्येक दुई सातामा मूल्य समायोजन गर्ने गरी स्वचालित प्रणाली लागू गरे पनि निगमले साढे ४ महिनापछि पहिलो पटक इन्धनको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, डिजेल र मट्टितेलमा ६/६ रुपैयाँ घटाएको छ । हवाई इन्धनको […]

२०७२ माघ ५ गते, मंगलवार

सूचना आयोगद्वारा प्रधानमन्त्री समक्ष विवरण पेश

काठमाडौं, ४ माघ । राष्ट्रिय सूचना आयोगले एक वर्षको अवधिमा गरेका कामको विवरण प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । आयोगका पदाधिकारीहरुले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर गत वर्षको माघ १ गतेदेखि यो वर्षको पुस मसान्तसम्म गरेका कामको विवरण प्रधानमन्त्री ओलीलाई बुझाएको हो ।आयोगका पदाधिकारीले प्रधानमन्त्री ओलीलाई दुईओटा पुस्तिकामार्फत् कामको विवरण बुझाउनेक्रममा एक वर्षको […]

२०७२ माघ ४ गते, सोमबार