सुकुम्बासी बस्ती चोरीका सामान थन्क्याउने अखडा

२०७२ माघ ९ गते, शनिबार

काठमाडौ, ९ माघ । प्रहरीले सुरक्षा व्यवस्था जति नै सुदृढ बनाएपनि उपत्यकामा चोरीका घटना नियन्त्रण हुन सकेको छैन। अनेक दाउ र जुक्ति लगाएर सुरक्षाकर्मीलाई छक्याउँदै चोरले चोरी गरिरहेकै छन् । चोर्न मात्र होइन चोरिएका सामान थन्काउन पनि अनेक जुक्ति लगाउने गरिएको खेलेको छ। कसैले पत्याउनै नसक्ने गरी राजधानीको एक सुकुम्बासी बस्तीनजिकै रहेको टहरामा लाखौँ रुपैयाँ नगदसहित लाखौँ पर्ने बहुमूल्य धनमाल लुकाएको अवस्थामा प्रहरीले फेला पारेको हो। महानगरीय अपराध महाशाखाको एक टोलीले सिनामंगलको एक सुकुम्बासीटोलस्थित पचासबस्तीमा रहेको टहरामा छापा मार्दा प्रहरीले नगद, सुनका गहनालगायत ठूलो परिमाणमा बहुमूल्य धनमाल बरामद गरेको हो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु