मध्यरातमा पराकम्पन

२०७२ माघ ८ गते, शुक्रबार

काठमाडौं, ८ माघ । गएराति धादिङ र नुवाकोटको सीमालाई केन्द्रविन्दु बनाएर भूकम्पको पराकम्पन गएको छ । राति १ बजेर ७ मिनेट जाँदा ४.६ म्याग्नेच्युटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत मंसिर ३ गते सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्नेच्युटको पराकम्पन गएपछि यो नै ठूलो पराकम्पन हो । सात दिनअघि दोलखालाई केन्द्रबिन्दु बनाएर ४.३ र ४.१ म्याग्नेच्युटका दुईवटा पराकम्पन गएका थिए । गत वैशाख १२ गते गोरखा केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्पपछि ४ म्याग्नेच्युटभन्दा माथिका ४२७ वटा पराकम्पन गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु