इन्धनको मूल्य घट्यो

२०७२ माघ ५ गते, मंगलवार

काठमाडौं, ५ माघ । नेपाल आयल निगमको सोमबार साँझ बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । प्रत्येक दुई सातामा मूल्य समायोजन गर्ने गरी स्वचालित प्रणाली लागू गरे पनि निगमले साढे ४ महिनापछि पहिलो पटक इन्धनको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, डिजेल र मट्टितेलमा ६/६ रुपैयाँ घटाएको छ ।
हवाई इन्धनको मूल्यमा भने प्रतिलिटर ६८ रुपैयाँ मूल्य घटाएको हो । नाकाबन्दीका कारण हवाई इन्धन हवाई जहाजबाट ल्याउनुपर्ने भएकाले महंगिएको थियो । यो महंगीसँगै हवाई भाडा पनि डेढ गुणाले महंगिएको थियो ।
मूल्य घटेसँगै अब पेट्रोल ९९ रुपैयाँ प्रतिलिटरले उपलब्ध हुने छ । त्यस्तै डिजेल र मट्टितेल ७५ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर १ सय ६४ रुपैयाँमा उपलब्ध हुने छ । खाना पकाउने ग्यासको मुल्यमा भने कुनै परिवर्तन भएको छैन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य प्रतिब्यारेल २८ अमेरिकी डलर रहेको छ । एक ब्यारेल बराबर १ सय ६२ लिटर हुन आउँछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु