समाज

सामाजिक सुरक्षा कोषमा ब्रम्हलुट

काठमाडौ, १४ माघ । सामाजिक सुरक्षा कोषको नाममा संकलन गरिएको झन्डै १५ अर्ब रुपैयाँ विनाकाम सकिएको छ। सञ्चालनमा आएको ६ वर्षभन्दा बढी समय बितिसक्दा पनि कोषको रकम लक्ष्यअनुसार नभई आफूखुसी खर्च गरिँदै आएको हो। कोषका कार्यकारी निर्देशक राजु थापाले कोष सञ्चालनमा आएको आधा दशकभन्दा बढी समय बितिसके पनि हालसम्म कोषको रकम परिचालन सम्बन्धी कुनै पनि […]

२०७२ माघ १४ गते, बिहीबार

नयाँ शक्तिको प्रवक्तामा खिमलाल देवकोटा

काठमाडौं, १३ माघ । नयाँ शक्तिको प्रवक्तामा खिमलाल देवकोटा तोकिएको छ । राष्ट्रिय परिषदमा २२ पूर्व माओवादी नेताहरु थपिएपछि पहिलो बैठक बुधबार बबलमहलस्थित पार्टी कार्यालयमा बसेको थियो । बैठकले आर्थिक, प्रचार र संगठन विभाग बनाएको छ भने कार्यालय व्यवस्थापन टीम पनि गठन गरेको छ । संगठन विभागमा देवेन्द्र पौडेल, रामचन्द्र झा, पासाङ शेर्पा, कल्पना धमला, […]

२०७२ माघ १३ गते, बुधबार

निजी कार तथा जिपलाई इन्धन दिइदै

काठमाडौ, १३ माघ । नेपाल आयल निगमले आज काठमाडौ उपत्यका र आसपासका क्षेत्रमा १ देखि ६ लटसम्मका चार पाङ्ग्रे निजी कार तथा जिपलाई पेट्रोल वितरण गर्ने भएको छ । निगमले आजदेखि ३ दिन लटअनुसार निजी चार पाङग्रे कार तथा जीपलाई पेट्रोल वितरण गर्न लागेको हो । पहिलो दिन १ देखि ६ लटसम्मका चार पाङ्ग्रे सवारीलाई […]

२०७२ माघ १३ गते, बुधबार

भूकम्पपीडित भन्छन्–सरकारको पैसा कुर्ने कि घर बनाउने ?

सिन्धुपाल्चोक, १२ माघ । टिनको छानो टिनकै बारले बनेको घर । दिउँसो गर्मी, बिहान, बेलुका र राति चिसो । त्यसमाथि हिउँदका दिनमा लेकको चिसो । सिन्धुपाल्चोक बतासे गाविस खालेका रामबहादुर तामाङ आफ्ना नौ जनाको परिवारसहित भूकम्पपछि यसरी नै दिन गुजार्दै आउनुभएको छ । फेरि हावाहुरी र वर्षाको यामको त्रास आउँदैछ । “प्लान इन्टनरनेसनले दिएको टिन […]

२०७२ माघ १२ गते, मंगलवार

सरिता गिरीलाई २ करोड जरिवाना

काठमाडौ, १२ माघ । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण गर्न मतियार बनेको ठहर गरी काठमाडौं बस्ने सरिता गिरीलाई २ करोड २६ लाख रुपैयाँ जरिवान हुने ठहर गरेको छ। गिरीका पति निरञ्जन होजाई भन्ने भारतीय नागरिकलाई भने सर्वोच्चले ८ करोड रुपैयाँ जरिवाना गरी ४ वर्ष कैद गरेको छ। उनी निर्मल राई नामले नेपाली नागरिकता लिई नेपालमा बस्दै […]

२०७२ माघ १२ गते, मंगलवार

सबैभन्दा भ्रष्ट नेता र सरकारी कर्मचारी

काठमाडौ, १२ माघ । एनआरबीले गरेको एक अध्ययनले नेपालमा शासनसत्ताको केन्द्रविन्दुमा रहेका राजनीतिकर्मी र निजामती कर्मचारीबाटै मुलुकको सबैभन्दा धेरै भ्रष्टाचार भइरहेको देखाएको छ । एनआरबीले मुलुकका ३३ जिल्लाका १ हजार ७० जना विभिन्न क्षेत्रका नागरिकबीच गरेको सर्वेक्षणले राजनीतिकर्मी र सरकारी कर्मचारी सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त रहेको देखाएको हो । नेता र कर्मचारीपछि शान्ति सुरक्षाको जिम्मेवारी […]

२०७२ माघ १२ गते, मंगलवार

मोर्चाद्वारा आन्दोलनको नयाँ कार्यक्रम सार्वजनिक

काठमाडौ, ११ माघ । आन्दोलनरत संयुक्त मधेसी मोर्चाले माघ १८ गतेसम्मका लागि आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गरेको छ । तमलोपा पार्टी कार्यालय बिजुलीबजारमा बसेको मोर्चाको बैठकले रंगेली घटनाको कडा विरोध गरेको छ । संविधान संशोधनको भाषाले मोर्चाको आन्दोलनलाई सम्बोधन गर्न पर्याप्त नभएको भन्दै मोर्चाले यो संशोधनको पनि विरोध गरेको छ । साथै जारी मधेस आन्दोलनमा […]

२०७२ माघ ११ गते, सोमबार

वीरगन्ज नाका खुकुलो बन्दै

काठमाडौ, ११ माघ । संविधान संशोधनसँगै सीमा नाकामा अवरोध लगायत कार्यक्रम फिर्ता लिन मधेसी मोर्चालाई चर्को दबाबमा परेको छ । सोहि कारण पछिल्लो दिन करिब चार महिनादेखि ठप्प वीरगन्ज नाका केही खुकुलो हुँदै गएको छ । आन्दोलनकारी केही नरम देखिएपछि १० दिनअघि भरियामार्फत सामान भित्रिन थालेकोमा दुई दिनयता ठेला र टायरगाढा पनि निर्बाध आइरहेका छन्। […]

२०७२ माघ ११ गते, सोमबार

सहिद सप्ताह सुरु

काठमाडौ, १० माघ । आजदेखि सहिद सप्ताह सुरु भएको छ । देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा सरकारले प्रत्येक वर्ष जस्तै यो वर्ष पनि सहिद सप्ताह मनाउँदैछ । प्रत्येक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताहका लागि मूल समारोह समितिले विभिन्न कार्यक्रम गरी सहिद सप्ताह मनाउने गरेको छ । […]

२०७२ माघ १० गते, आईतवार

कतारसग सम्बन्ध सुधार्न टोली जादै

काठमाडौ, ९ माघ । परराष्ट्र सचिव शंकरदास बैरागी नेतृत्वको टोली आज चारदिने औपचारिक भ्रमणमा कतार जान लागेको छ । दुईपक्षीय तिक्ततालाई मित्रतामा ल्याई सम्बन्ध मजबुत बनाउने उद्देश्यले टोली कतार जान लागेको मन्त्रालयले जनाएको छ । परराष्ट्र सचिव स्तरीय बैठकका लागि नेपालले सम्बन्ध सुधार गर्ने, कामदारको हितमा निर्णय लिने र कामदार पठाउने एजेण्डा तय गरेको हो […]

२०७२ माघ ९ गते, शनिबार