मौसममा भोलिदेखि सुधार आउने

२०७२ माघ ७ गते, बिहीबार

काठमाडौ, ७ माघ । मौसम पूर्वानुमान महाशाखाले आज बेलुका अथवा भोलिदेखि मौसम सफा हुँदै जाने जनाएको छ । उच्च वायुमण्डलमा न्यून चापीय रेखा विकास भएका कारण मंगलबारदेखि बदलिएको मौसमी अवस्थामा अब विस्तारै सुधार आउने भएको छ । न्यून चापीय रेखाको विकाससँगै पश्चिमी वायुको प्रभावले नेपालको पश्चिमी भू–भाग हुँदै सबैतिर फैलिएका कारण मौसम बदलीको साथै देशभर वर्षासमेत भएको छ ।
अहिलेको मौसमी अवस्था पश्चिमी भेगबाट क्रमशः सफा हुँदै मध्यतिर जाने र भोलिदेखि सफा हुने मौसमविद्हरुले बताएका छन् । मंगलबार रातीदेखि हिमाली तथा उच्च पहाडी क्षेत्रहरुमा हिमपात हुन शुरु गरेको हो । यो क्रम अब कम हुँदै जाने महाशाखाको भनाइ छ । आज काठमाडौं उपत्यकामा बिहानैदेखि हुस्सु लागेकाले चिसो बढेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु