समाज

प्रहरीले नै चोरेपछि…

काठमाडौ, ८ फागुन । महानगरीय प्रहरी परिसर काठमाडौं अन्तर्गतका चार प्रहरी अधिकृत कारबाहीमा परेका छन । उनीहरुलाई आर्थिक अनियमिततामा सम्लग्न भएको अभियोगमा कारबाही गरिएको हो । स्वयम्भु वृतका मुद्दा शाखाका प्रहरी नायव निरीक्षक, गंगबुका प्रहरी नायव निरक्षिक र नागढुंगाका दुई जुनियर प्रहरी अधिकृतलाई आर्थिक रुपमा बदनाम भएपछि कारबाहीका लागि परिसर तानिएको छ । छड्के जाँचका […]

२०७२ फाल्गुन ८ गते, शनिबार

आज राष्ट्रिय प्रजातन्त्र दिवस

काठमाडौँ, ७ फागुन । विसं २००७ फागुन ७ गते रप्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६५औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । एक सय चारवर्षीय जहानियाँ राणाशासनको अन्त्य गर्दै राजा त्रिभुवनले नेपालमा प्रजातन्त्र स्थापना भएको घोषणा गर्नुभएको थियो । राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई प्रजातान्त्रिक शासनकालको सूत्रपात […]

२०७२ फाल्गुन ७ गते, शुक्रबार

४४ जिल्लामा काँग्रेस सभापति छानिए

काठमाडौँ, ६ फागुन । चवालिस जिल्लामा नेपाली काँग्रेसको अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यही माघ २५ गते धेरै जिल्लामा अधिवेशनको प्रक्रिया सुरु भएकामा २६ गते सभापति सुशील कोइरालाको निधन भएका कारण माघ मसान्तसम्म अधिवेशनको कार्यक्रम स्थगित गरिएको थियो । बारा र पर्सा जिल्लामा प्राविधिक कारणले बाँकी रहेको गाउँ अधिवेशन सुरु भएको […]

२०७२ फाल्गुन ६ गते, बिहीबार

बस दुर्घटनामा दुईजनाको मृत्यु, नौजना घाइते

काठमाडौ, ६ फागुन । सिन्धुपाल्चोकको बराम्चीमा बुधबार बेलुका बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य नौजना घाइते भएका छन् । मृत्यु हुनेमा बराम्ची गाविस–९ की ४७ वर्षीया माइली तामाङ र सोही गाविस–६ का ५५ वर्षीय दावा स्याङ्बो छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र उनीहरु सबैको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको […]

२०७२ फाल्गुन ६ गते, बिहीबार

प्रधानमन्त्रीको भारत भ्रमण अत्यन्तै सफल हुन्छ : रे

काठमाडौं, ५ फागुन । नेपाल लागि भारतीय राजदूत रञ्जित रेले नेपालका प्रधानमन्त्री केपी ओलीको फागुन ७ गतेबाट हुने भारत भ्रमण अत्यन्तै सफल हुने र दुई देशको सम्वन्ध अझ प्रगाढ हुने दावी गरेका छन् । उनले नेपालका प्रधानमन्त्रीको यो भ्रमणलाई भारतले अत्यन्तै महत्व दिएको बताए । दुई मुलुकबीचको पछिल्लो अवस्थाले पनि भ्रमणको महत्व अझै बढाएको रेको […]

२०७२ फाल्गुन ५ गते, बुधबार

फुटबल टोलीको भब्य स्वागत गरिने

काठमाडौ, ५ फागुन । २३ वर्षपछि दक्षिण एसियाली खेलुकद (साग) मा फुटबलतर्फको स्वर्ण पदक जित्न सफल नेपाली टिमलाई आज भव्य स्वागत गर्न लागिएको छ । टिमलाई स्वागतसहित नेपाली सेनाको गाडीमा राखेर नगरपरिक्रमा गराइनेछ । यसअघि फुटबल र क्रिकेटकै टोली उपाधि जितेर आउँदा बालुवा बोक्ने टिपरमा राखेर नगरपरिक्रमा गराइ“दै आएको थियो । यस पटक भने सेनाको […]

२०७२ फाल्गुन ५ गते, बुधबार

सडक किनाराको अतिक्रमण हटाउन सुरु, अटेर गरे सार्वजनिक मुद्दा

काठमाडौं, ४ फागुन । चितवनका सडक क्षेत्रमा अतिक्रमण गरेर सञ्चालन गरिएका फुटपाथ व्यवसाय व्यवस्थापन अभियान सुरु भएको छ । सञ्चालन हुँदै आएको फुटपाथका कारण सडक आवागमनमा नै असहज स्थिति पैदा भएको भन्दै अतिक्रमण भएको क्षेत्र खाली गर्दै त्यहाँका पसल हटाउन सुरु गरिएको भरतपुर उपमहानगरपालिकाले जनाएको छ । भरतपुर क्षेत्रमा सडक अतिक्रमण गरी फुटपाथ व्यवसाय सञ्चालन […]

२०७२ फाल्गुन ४ गते, मंगलवार

भारतबाट ८० मेगावाट विद्युत् भित्र्याइदै

काठमाडौं, ४ फागुन । नेपाल–भारतबीच अन्तरदेशीय प्रसारणलाइन निर्माणले सफल भएको छ । ४ सय केभीको प्रसारणलाइनमध्ये १ सय ३२ केभी भोल्टेजस्तरमा चार्ज भएपछि भारतबाट थप ८० मेगावाट विद्युत् आयात हुने भएको छ । ढल्केवर–मुजफ्फरपु अन्तर्देशीय प्रसारणलाइनबाट ८० मेगावाट विद्युत् आयात गर्ने विषयमा नेपाल विद्युत् प्राधिकरण र भारत सरकारले तोकेको नोडल एजेन्सी विद्युत् व्यापार निगमबीच सोमबार […]

२०७२ फाल्गुन ४ गते, मंगलवार

यातायात व्यवस्था विभागका प्राविधिक निर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ, ३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ परेका यातायात व्यवस्था विभाग मीनभवनका प्राविधिक निर्देशक नवीनकुुमार पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार नेपालगन्जको एक सेवाग्राहीले विद्युतीय स्कुटर आयात गर्दा अनुमति लिने क्रममा उपसचिव पोखरेलले रु एक लाख ८० हजार घुस माग्दामाग्दै विभागको कार्यालयबाट […]

२०७२ फाल्गुन ३ गते, सोमबार

कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन खुलामञ्चमा हुने

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसको १३औं महाधिवेशनको उद्घाटन समारोह राजधानीको खुलामञ्चमा हुने भएको छ भने बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ । दलका पदाधिकारी, काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य र महाधिवेशन तयारीका लागि गठन गरिएका १३ विभिन्न समितिका संयोजकको आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो । ‘यसअघि महाधिवेशनको उद्घाटन समारोह […]

२०७२ फाल्गुन ३ गते, सोमबार