स्वास्थ्य / शिक्षा

वाइफाइ चोरेर चलाए कारवाही

काठमाडौ, १४ बैशाख । दुबई सरकारले वाइफाइको पासवर्ड चोरेर चलाउनेविरुद्ध कारवाही थालेको छ । वाइफाइ पासवर्ड ह्याक गरेर चलाउनु इस्लाम धर्मविपरित हुने भन्दै दुबई सरकारले कारबाही गर्ने चेतावनी दिएको छ । यसलाई अपराध मान्दै धार्मिर्क कानुनसँग जोडिने हुनाले वाइफाइको पासवर्ड चोरेर चलाउनु अब घातक पनि बन्न सक्छ । दुबईको इस्लामिक अफियर्स एण्ड चेरिटेबल एक्टिभिटिज डिपार्टमेन्टले […]

२०७३ बैशाख १४ गते, मंगलवार

जिल्ला शिक्षा अधिकारी धामीमाथि हातपात

काठमाडौँ, १३ बैशाख । संयुक्त विद्यार्थी संगठनले कन्चनपुरका जिल्ला शिक्षा अधिकारी श्यामसिंह धामीमाथि सोमबार अभद्र व्यवहार गर्दै हातपात गरेका छन् । जिल्लाका विविध शैक्षिक गतिविधिसम्बन्धी बैठक चलिरहेका बेला विद्यार्थी संगठनका नेताहरुले आफूमाथि हातपात गर्दै कालोमोसो दल्ने प्रयास गरेको जिल्ला शिक्षा अधिकारी धामीले बताए । तर, विद्यार्थीहरुले भने अवैधानिक विद्यालयलाई अनुमति दिएको विषयमा विभिन्न निजी विद्यालयलगायत […]

२०७३ बैशाख १३ गते, सोमबार

मध्यपुर थिमिलाई क्षयरोग मुक्त बनाईने

काठमाडौ, १३ बैशाख । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले मध्यपुर थिमि नगरक्षेत्रमा क्षयरोग मुक्त बनाउने अभियान सुरु गरेको छ । मध्यपुर थिमि नगरपालिकासंगको सहकार्यमा संस्थाले मध्यपुर थिमिलाई क्षयरोगबिहीन नगरपालिका बनाउन अभियान सुरु गरेको हो । संस्थाले मध्यपुर थिमि वडा–८ पाटी बिहारमा क्षयरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरेर अभियानको शुभारम्भ गरेको संस्थाका सभापति […]

२०७३ बैशाख १३ गते, सोमबार

रुघाखोकीबाट चारजनाको मृत्यु

काठमाडौं, १२ बैशाख । हुम्लाको सदरमुकामदेखि उत्तरी भेग पर्ने स्याडा गाविसमा औषधि प्राप्त नभएर रुघा, खोकी, ज्वरो र कपाल दुख्ने रोगबाट शनिबार चार जनाको मृत्यु भएको छ । स्थानीय बासिन्दा कलपुन बुढाले मृत्यु हुनेमा लालमती बुढा, भोटी रोकाया, भद्रवीर बुढा र ढोली बुढा रहेको जनाएका छन् । यसैगरी यहाँ गर्मीले करिब सय जना बिरामी भएको […]

२०७३ बैशाख १२ गते, आईतवार

शंका र भ्रमले लाग्छ मनोरोग

काठमाडौं, १२ बैशाख । चितवन दिव्यनगरकी ४५ वर्षीया एक महिलाको आँगनमा चिप्लिएर हात भाँचियो । त्यसपछि उनले झारफुक गरेर झाँक्रीले भनेको पत्याएर जडीबुटीका लहराले बाँधेर राखिन् । त्यसपछि उनले नमस्कार गर्दा हात लुकाउने, पछौराले छोप्ने, कुनै कार्यक्रम गर्दा नजाने गर्न थालिन् । एकाएक उनको जीवनमा परिवर्तन आयो । पहिले हँसिली ती महिला पछि बोल्नै छाडिन् […]

२०७३ बैशाख १२ गते, आईतवार

अशुभ सपनाहरु

काठमाडौं, ११ बैशाख ।निद्रामा सपना सबैले देख्ने गर्दछन् । यसलाई कतिले शुभ र अशुभ संकेतका रुपमा पनि लिने गरेका छन् । कति सपना त वास्ताविकतासँग ठ्याक्कै मिल्ने पनि गर्दछ । स्वप्तशास्त्रानुसार केही सपना अशुभ पनि हुन्छन् । त्यसैले कामना गर्नुस त्यस्तो सपना केहिल्यै नदेखियोस् । त्यस्तै केही सपनाका बारेमा यहाँ उल्लेख गरिएको छ– –सपनामा जन्ती […]

२०७३ बैशाख ११ गते, शनिबार

झुटो मुद्दा लगाउनेलाई अदालतबाट जरिवाना

काठमाडौं, १० वैशाख । झापा जिल्ला अदालतले झुटो मुद्दा लगाएको अभियोगमा पहिलोपटक शान्तिनगरकी एक महिलालाई जरिवाना र पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको छ । अदालतले चोरीको झुटा आरोप लागेका झापा शान्तिनगरका १७ वर्षीय विशाल साँवा लिम्बूलाई निर्दोष साबित गर्दै रु पाँच हजार क्षतिपूर्ति दिने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासले साँवालाई निर्दोष […]

२०७३ बैशाख १० गते, शुक्रबार

अस्थायी शिक्षकलाई गोल्डेन ह्यानसेकबाट घर पठाइदै

काठमाडौं १० बैशाख । सरकारले अस्थायी शिक्षकहरुलाई सहुलियतपूर्ण अवकाश (गोल्डेन ह्यान्डसेक) मार्फत विदा गर्ने भएको छ । लामो समयदेखि अस्थायीमा कार्यरत शिक्षकका लागि सहुलियतपूर्ण अवकाश दिनेगरि शिक्षा ऐनमा संसोधन विधेक तयार भएको छ । व्यवस्थापिका संसदको उपसमितिले सबै सरोकारवालासँग छलफल गरेर प्रतिवेदन तयार गरेको छ । तीनवटा विकल्प सहित अस्थायी शिक्षकहरुको व्यवस्थापन गर्नेछ । आर्थिक […]

२०७३ बैशाख १० गते, शुक्रबार

मनपरी शुल्क रोक्न माग

काठमाडौं, ९ बैशाख । आक् विहान नेविसंघको केन्द्रीय कार्यलयमा बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले निजी विद्यालयहरुले लिँदै आएको मनोमानि शुल्क तत्काल रोक्न सरकार समक्ष माग गरेका छन् । गत वैशाख ६ गते सरकारले विद्यार्थी संगठनसँग गरेको १० बुँदे सहमति कडाईका साथ लागू गराउन सबै संगठनका तर्फ बाट १–१ जना प्रतिनिधि रहने कार्यदल पनि निर्माण गरेको […]

२०७३ बैशाख ९ गते, बिहीबार

विश्वभर जिका भाइरस सन्त्रास

काठमाडौ, ९ बैशाख । विश्वका दुई अर्बभन्दा बढी मानिस जिका भाइरसको जोखिममा रहेका छन् । एक अध्ययनले उनीहरु जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेको देखाएको छ । जिका भाइरस फैलिरहेको ठाउँको नक्शासहित सार्वजनिक गरिएको अध्ययन प्रतिवेदन अनुसार विश्वका २ अर्ब २० करोड मानिस बस्ने क्षेत्रमा जिका भाइरस फैलन सक्ने खतरा औल्याइएको हो । इलाइफ जर्नलमा प्रकाशित बेलायतको […]

२०७३ बैशाख ९ गते, बिहीबार