स्वास्थ्य / शिक्षा

अनशनकारी युवाहरुको स्वास्थ्यस्थिति नाजुक

काठमाडौ, २४ बैशाख । बिगत १० दिनदेखि योग्यता, क्षमता र सीपअनुसार स्वदेशमै रोजगारीको सुनिश्चितताको माग गर्दै खुलामञ्चमा आमरण अनशन बसेका १५ जना युवाको स्वास्थ्यस्थिति नाजुक बन्दै गएको छ । वैशाख १५ गतेबाट उनीहरु सामूहिक आमरण भन्दै अनशन बस्दै आएका छन् । ‘रोजगारी र समृद्धिका लागि आर्थिक क्रान्तिको अभियान’ भन्ने मूल नाराका साथ युवाले स्वदेशमै रोजगारको […]

२०७३ बैशाख २४ गते, शुक्रबार

विद्यालयमा भर्ना शुल्क ५० हजार, मासिक शुल्क २८ हजार

काठमाडौं, २३ वैशाख । विद्यार्थीसँग मनपरी शुल्क असुल्दै आएका राजधानीका निजी विद्यालयले मासिक शुल्क २८ हजार रुपैयाँसम्म लिने गरेका छन् । राजधानीमा संचालित केही निजी विद्यालयमा बुधबार अनुगमन गर्दा यस्तो पाइएको हो । प्रचलित नियमकानुनको बेवास्ता गर्दै शुल्क उठाएको गुनासो आएपछि शिक्षा विभाग नेतृत्वको टोली र मूख्य दल निकट विद्यार्थी संगठनले बुधबार छुट्टाछुट्टै रुपमा विद्यालयको […]

२०७३ बैशाख २३ गते, बिहीबार

चार वर्षमा २९ विद्यालय समायोजन

काठमाडौ, २३ वैशाख । सबैभन्दा धेरै प्राथमिक विद्यालय रहेको जिल्लाको नामले परिचित स्याङ्जामा पछिल्लो समय विद्यालय गाभिने क्रम बढ्दो छ । स्याङ्जामा २०६९ सालदेखि हालसम्म २९ वटा प्राथमिक विद्यालय एकआपसमा गाभिएका जिल्ला शिक्षा कार्यालय स्याङ्जाले जनाएको छ । जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी बाबुराम सापकोटाका अनुसार २०६९ सालमा ६, २०७० मा आठ, ०७१ […]

२०७३ बैशाख २३ गते, बिहीबार

संयुक्त विद्यार्थी सङ्गठनद्वारा विद्यालय अनुगमन सुरु

काठमाडौँ, २२ वैशाख । संयुक्त विद्यार्थी सङ्गठनले मनोमानी शुल्क उठाउने विद्यालयलाई आजदेखि अनुगमन सुरु गरेको छ । नेपाल विद्यार्थी सङ्घको केन्द्रीय कार्यालय डिल्लीबजारमा मङ्गलबार बसेको बैठकले मनोमानी शुल्क उठाएका विद्यालयलाई कम शुल्क उठाउन पटकपटक आग्रह गरे पनि अटेर गरेको भन्दै अनुगमन गर्न निर्णय गरेअनुसार आजबाट अनुगमन सुरु गरेको हो । अभिभावक सङ्घसहित गएको विद्यार्थी टोलीले […]

२०७३ बैशाख २२ गते, बुधबार

जनकशिक्षाको लापरवाहीबिरुद्ध ट्रक तेर्स्याएर विरोध

काठमाडौं, २२ वैशाख । जनक शिक्षा सामग्री केन्द्र लिमिडेटले शैक्षिक सत्र शुरु भइसक्दा पनि विद्यालयका पाठ्यपुस्तक उपलब्ध नभएको भन्दै धादिङका पुस्तक तथा स्टेशनरी व्यवसायीले जनक शिक्षा मै पुगेर ट्रक तेर्स्याएर विरोध जनाएका छन् । आवश्यक रकम तिरेर कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक लिन जनक शिक्षाको छापाखाना पुगेका व्यवसायीहरुले केन्द्रले सबै विषयका पुस्तक उपलब्ध नगराएको […]

२०७३ बैशाख २२ गते, बुधबार

काफल बेचेर पढाइ खर्च जुटाउदै

काठमाडौं, २१ वैशाख । जाजरकोटका स्थानिय बालबािलकाहरुले काफल बेचेर कापी पढाइ खर्च जुटाउदै आएका छन् । सिजन अनुसार हिजो आज काफल बजारमा प्रसस्त पाइने भएकाले गाउँबाट सबेरै उठेर काफल बिक्रीका लागि बालबालिका बजारमा पुग्ने गरेका छन् । काफल ल्याउनेमा अधिकांश विद्यालय पढने बालबालिका रहेका छन् । सदरमुकाम आसपासका स्थानीय बालबालिकाहरु आफनो कापी कलम किन्ने पैसा […]

२०७३ बैशाख २१ गते, मंगलवार

अक्सफोर्ड कलेजको गाडीमाथी आक्रमण

काठमाडौँ, १९ वैशाख । शैक्षिक क्षेत्रमा अनावश्यक राजनीतिक गुण्डागर्दी गर्दै मनोमानी ढंगले अगाडी बढेको भन्दै अक्सफोर्ड कलेज गैडाँकोटको ना १ क ३८०६ नम्बरको गाडीमा हिजो राती आक्रमण भएको छ । जिल्लाको कावासोती नगरपालिका डण्डास्थित ड्राईभरको घर नजिकै रहेको गाडीमा राती १० बजे दुई नम्बर नखुलेको मोटरसाईकलमा आएका युवाहरुले रड प्रहार गरी गाडीको सिसाहरु फुटालेर आक्रमण […]

२०७३ बैशाख २० गते, सोमबार

कक्षा १२ को परीक्षा सुरु

काठमाडौ, २० बैशाख । कक्षा १२ को परीक्षा आज बिहान ७ बजेबाट सुरु भएको छ । परीक्षाको पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा भएको छ । यसपटक कक्षा १२ मा मुलुकभरबाट तीन लाख ४६ हजार चार सय २७ जना सहभागी भएकाछन । परीक्षा सञ्चालनका लागि मुलुकभर नौ सय २१ वटा केन्द्र निर्धारण गरिएको छ । […]

२०७३ बैशाख २० गते, सोमबार

नेविसङ्घको महाधिवेशन असार पहिलो साता

काठमाडौँ, १९ वैशाख । नेपाली काँग्रेसको महत्वपूर्ण भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को महाधिवेशन आगामी असार पहिलो साता हुने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवासँग आज नेविसङ्घका अध्यक्ष रञ्जित कर्णले देउवा निवास बुढानीलकण्ठमा भेटी असार पहिलो साता महाधिवेशन गर्ने तयारी थालेको बताए । सभासद पनि रहेका कर्णलाई बोलाएर सङ्घको महाधिवेशनको तयारीका बारेमा नेता […]

२०७३ बैशाख १९ गते, आईतवार

‘निजि बिद्यालयका शिक्षकको सेवा सुबिधा बढाउनु पर्छ ‘

काठमाडौं, १८ बैशाख । निजि बिद्यालयका शिक्षकको सेवा सुबिधा कम भएको भन्दै यसका लागि सरकारले नै निगरानी बढाउनु पर्ने सामान्य प्रसासन मन्त्री रेखा शर्माले बताएकी छ्न । सस्थागत बिद्यालय शिक्षक युनियन एकताको चौथो महाधिवेशन उत्घाटन समारोहमा बोल्दै मन्त्री शर्माले निजि बिद्यालयका शिक्षकको सेवा सुबिधा कम तर प्रफमेन्स राम्रो किन ? भन्दै अब निजि बिद्यालयका शिक्षक […]

२०७३ बैशाख १८ गते, शनिबार