स्वास्थ्य / शिक्षा

पोलियो बिरुद्धको नयाँ खोप बिओपिभी दिन शुरु

काठमाण्डौ ,५ वैशाख । सरकारले आजदेखि देशभर पोलियो विरुद्धको नयाँ खोप बिओपिभी दिन शुरु भएको छ । बालस्वास्थ्य महाशाखा अन्तर्गतको खोप शाखाका अनुसार आजदेखि देशभरका खोप केन्द्रले पोलियो विरुद्धको पुरानो खोप टिओपिभीको सट्टा नयाँ बिओपीभी खोप दिने भएको हो । टिओपिभीको साटो बिओपिभी खोपलाई नियमित कार्यक्रममा राखिएको जानकारी दिदै खोप शाखा प्रमुख मुुकन्द गौतमले यो […]

२०७३ बैशाख ५ गते, आईतवार

निःशुल्क पाठ्यपुस्तक वितरण हुदै

काठमाडौ, ५ बैशाख । सरकारले आजदेखि बैशाख १५ गतेसम्म देशभरका सरकारी विद्यालयमा अध्ययनरत करिब ५९ लाख ९५ हजार ७ सय १५ विद्यार्थीको हातमा निःशुल्क पाठ्यपुस्तक वितरण गर्ने भएको छ । त्यसका लागि प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरू विद्यालय जाने कार्यक्रम तय गरिएको छ । हरेक बर्ष पाठ्यपुस्तकको अभावका कारण सरकारले आलोचना खेप्नुपरेपछि सरकारले यो वर्षदेखि १० दिनसम्म […]

२०७३ बैशाख ५ गते, आईतवार

विद्यालयका प्राचार्य र अध्यक्षविरुद्ध छुवाछुत मुद्दा

काठमाडौ, ४ बैशाख । कञ्चनपुर झलारी पिपलाडी नगरपालिका–६ कसरौलस्थित वैजनाथ उमाविका प्राचार्य र व्यवस्थापन समितिका अध्यक्षविरुद्ध छुवाछुतविरुद्धको मुद्दा दायर गरिएको छ । विद्यालय नजिकै छाप्रो बनाएर बस्दै आउनुभएकी द्रौपदी लुहारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिराप्रसाद जोशी, प्राचार्य सिद्धराज भट्ट र शिक्षक खडक साउदविरुद्ध गत चैत ३० गते जिल्ला प्रशान कार्यालय कञ्चनपुरमा मुद्दा दायर गर्नुभएको हो […]

२०७३ बैशाख ४ गते, शनिबार

लाखौ बालबालिका विद्यालय जानबाट बन्चित

काठमाडौं, ३ वैशाख । शिक्षा विभागले अझैपनि लाखौ बालबालिका विद्यालय जानवाट बन्चित भएको जनाएको छ । उनीहरुलाई अभिभावकले नै विद्यालय नपठाएको विभागले जनाएको छ । अभिभावकले बालबालिकालाई काममा लगाउने गरेका कारण उनीहरु विद्यालय नपाएका हुन् । सरकारले सबैका लागी आधारभूत शिक्षा भन्दै १२ वर्षदेखि विद्यालय भर्ना अभियान सुरु गरेपनि अझै ११ लाख बालबालिका विद्यालय जानबाट […]

२०७३ बैशाख ३ गते, शुक्रबार

नि:शुल्क उपचार हुने जटिल रोग र सम्पर्क स्थानहरु

काठमाडौं । घरपरिवारको कोही सदस्य गम्भीर बिरामी पर्यो भने उपचार खर्चको जोहो कसरी गर्ने भनेर धेरैलाई सताइरहेको हुन्छ । कतिपय रोगको उपचार खर्च त आफ्नो हैसियतभन्दा बाहिर पनि हुन्छ । विपन्न हुनुहुन्छ र गम्भीर प्रकारको रोग लाग्यो भने एकपल्ट डाक्टरलाई सोधि हेर्नुहोस्, कतै सरकारले आर्थिक सहायता दिने रोगमध्येकै त होइन ? आर्थिक अभावले उपचार नपाएर […]

२०७३ बैशाख ३ गते, शुक्रबार

विद्यार्थी भर्ना अभियान सुरु

काठमाडौं, २ वैशाख । ‘हामी सबैको इच्छा, सर्भसुलभ विद्यालय शिक्षा’ भन्ने नारासहित आजदेखि विद्यार्थी भर्ना अभियान सुरु भएको छ । ५ वर्षदेखि १२ वर्षसम्मका सबै बालबालिकालाई अनिवार्य शिक्षाको लागि सरकारले २०६१ सालदेखि भर्ना अभियान सञ्चालन गर्दै आएको हो । तर अहिलेपनि ११ लाख भन्दा धेरै बालबालिका विद्यालय बाहिर रहेका शिक्षा विभागले जनाएको छ । विभागका […]

२०७३ बैशाख २ गते, बिहीबार

नव वर्ष २०७३ सालको वार्षिक राशिफल

नव वर्ष २०७३ सालमा नेपाली पञ्चांगअनुसार सौम्य नाम संवत्सर परेको छ । वर्षको राजा शुक्र र मन्त्री पदमा बुध रहेका छन् । दुवै ग्रह शुभ र एकअर्काप्रति मित्रभाव राख्नाले यसलाई समग्र रूपमा राम्रो मान्न सकिन्छ । वर्ष सञ्चालनमा विभिन्न विभाग सम्हालेका ग्रहलाई विचार गर्दा पापग्रहको वर्चश्व रहे पनि राज्यको मुख्य पदमा बुध, शुक्र भएकाले ग्रहको […]

२०७३ बैशाख १ गते, बुधबार

एसएलसी परीक्षाको परीक्षाफल असार दोश्रो साता

काठमाडौं, ३० चैत । यही चैत १८ गतेदेखि २९ गतेसम्म देशभर एकैसाथ भएको यसवर्षको प्रवेशिका अर्थात एसएलसी परीक्षाको परीक्षाफल असार पहिलो साता अाउने भएको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्ने नियम रहेपनि असारको दोश्रो सातासम्म परीक्षाफल सार्वजनिक गर्नेगरी तिब्ररुपमा काम गर्ने बताए। छिटफुट घट्ना बाहेक परीक्षा देशभर शान्तिपूर्णरुपमा सम्पन्न […]

२०७२ चैत्र ३० गते, मंगलवार

अखिल क्रान्तिकारी सम्झौताहिन संघर्षमा उत्रने

काठमाडौं, २९ चैत्र । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले स्ववियु निर्वाचन तत्काल गर्न माग गर्दै एक महिने संघर्षको कार्यक्रम घोषणा गरेको छ । सोमबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी क्रान्तिकारीले ६ बुँदे संघर्षको कार्यक्रम घोषणा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले त्रिवि प्रशासन स्ववियू निर्वाचन रोक्ने षड्न्त्र […]

२०७२ चैत्र २९ गते, सोमबार

एसएलसी परीक्षार्थीलाई डाटासहितको सिमकार्ड

काठमाडौं , २८ चैत । नेपाल टेलिकमले यस वर्षको एसएलसी परीक्षामा सहभागी भएका विद्यार्थीलाई सोमबारदेखि डाटासहितको सिमकार्ड बिक्री वितरण गर्ने भएको छ । सिमकार्ड खरिद गर्न विद्यार्थीले ९० रूपैयाँ भुक्तानी गर्नुपर्नेछ भने त्यसमा ५० रूपैयाँ बराबरको टक भ्याल्यु तथा ३०० एमबी डाटा निःशुल्क उपलब्ध हुनेछ । उक्त सिम सक्रिय गरिएको मितिदेखि ६ महिनासम्म प्रत्येक महिना […]

२०७२ चैत्र २८ गते, आईतवार