रुघाखोकीबाट चारजनाको मृत्यु

२०७३ बैशाख १२ गते, आईतवार

काठमाडौं, १२ बैशाख । हुम्लाको सदरमुकामदेखि उत्तरी भेग पर्ने स्याडा गाविसमा औषधि प्राप्त नभएर रुघा, खोकी, ज्वरो र कपाल दुख्ने रोगबाट शनिबार चार जनाको मृत्यु भएको छ । स्थानीय बासिन्दा कलपुन बुढाले मृत्यु हुनेमा लालमती बुढा, भोटी रोकाया, भद्रवीर बुढा र ढोली बुढा रहेको जनाएका छन् ।
यसैगरी यहाँ गर्मीले करिब सय जना बिरामी भएको स्थानीय बासिन्दाले लोकेन्द्र रोकायाले बताए । यस्तै जुमा, झोपा र घोडा गरी आठ जनावर मरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयमा भने कर्मचारी देखिएनन् । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु