अशुभ सपनाहरु

२०७३ बैशाख ११ गते, शनिबार

काठमाडौं, ११ बैशाख ।निद्रामा सपना सबैले देख्ने गर्दछन् । यसलाई कतिले शुभ र अशुभ संकेतका रुपमा पनि लिने गरेका छन् । कति सपना त वास्ताविकतासँग ठ्याक्कै मिल्ने पनि गर्दछ । स्वप्तशास्त्रानुसार केही सपना अशुभ पनि हुन्छन् । त्यसैले कामना गर्नुस त्यस्तो सपना केहिल्यै नदेखियोस् । त्यस्तै केही सपनाका बारेमा यहाँ उल्लेख गरिएको छ–
–सपनामा जन्ती देख्नु अर्थात तपाईले चिन्ता र समस्या समाधान गर्नुपर्ने हुन सक्छ । यदि जन्तीसँगै आफू स्वयमलाई बेहुलाको रुपमा देख्नु त साह्रो अनिष्टको संकेत मानिएको छ। यसलाई मृत्यु समान कष्टदायी मानिएको छ।
–कुँचोलाई लक्ष्मी समान मानिएको छ। तर सपनामा कुचो देख्नु अशुभ हो । यो सपनामा देखियो भने निकट भविष्यमा धन हानी हुने संकेतका रुपमा लिइएको छ ।
–ऊचाईबाट स्वयमलाई खस्दै गरेको देख्नुलाई स्वास्थ्य समस्याका रुपमा लिने गरिएको छ। यस्तो सपना देखेपछि तपाईको आर्थिक एवं मानसम्मानमा हानी पुग्ने गर्दछ ।
–रुख काटेको सपना देख्नु अर्थात आर्थिक हानी पुग्ने संकेतका रुपमा लिने गरिएको छ। यस्तो सपना देख्नुलाई घरमा कुनै मान्यजनको मृत्यु वा स्वास्थ्यमा हानी पुग्ने संकेतका रुपमा लिने गरिएको छ।
–यो कामना गर्नुस् कि आफ्नै जन्म दिन मनाएको सपना कहिल्यै नदेखियोस् । यसले उमेर घटाउने संकेत गरेको मानिएको छ।
–आफूलाई मरुभूमिमा हिडेको देख्नुको अर्थ तपाई कुनै समस्यामा पर्दै हुनुहुन्छ भन्ने हो । यस्तो सपनाले शत्रुका कारण तपाई समस्यामा पर्दै हुनुहुन्छ भन्ने संकेत पनि हो ।
–सपनामा डाक्टर देख्नुलाई पनि अशुभ मानिएको छ। किनभने यसले तपाई चाँडै विरामी पर्दै हुनुहुन्छ भन्ने संकेत गरेको रुपमा लिने गरिएको छ।
–सपनामा उल्लु देख्नुको अर्थ तपाई गम्भीर विरामी हुँदै हुनुहुन्छ भन्ने संकेत हो वा कुनै शोकको समाचार आउने संकेत पनि हो ।
–सपनामा गधा देख्नुलाई मृत्युको सूचक मानिएको छ। त्यसैले कामना गर्नुस यस्ता खराब सपनाहरु नदेखियोस । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु