विश्वभर जिका भाइरस सन्त्रास

२०७३ बैशाख ९ गते, बिहीबार

काठमाडौ, ९ बैशाख । विश्वका दुई अर्बभन्दा बढी मानिस जिका भाइरसको जोखिममा रहेका छन् । एक अध्ययनले उनीहरु जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेको देखाएको छ । जिका भाइरस फैलिरहेको ठाउँको नक्शासहित सार्वजनिक गरिएको अध्ययन प्रतिवेदन अनुसार विश्वका २ अर्ब २० करोड मानिस बस्ने क्षेत्रमा जिका भाइरस फैलन सक्ने खतरा औल्याइएको हो ।
इलाइफ जर्नलमा प्रकाशित बेलायतको अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताको अध्ययन प्रतिवेदन अनुुसार लामखुट्टे जीवित रहन सक्ने क्षेत्रमा जिकाको संक्रमण अनुमान गरेभन्दा धेरै डरलाग्दो गरी फैलिरहेको छ । दक्षिण अमेरिकाका धेरै क्षेत्रमा जिकाको संक्रमण फैलिरहेको अनुसन्धानकर्ताले पुष्टि गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु