मध्यपुर थिमिलाई क्षयरोग मुक्त बनाईने

२०७३ बैशाख १३ गते, सोमबार

काठमाडौ, १३ बैशाख । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले मध्यपुर थिमि नगरक्षेत्रमा क्षयरोग मुक्त बनाउने अभियान सुरु गरेको छ ।
मध्यपुर थिमि नगरपालिकासंगको सहकार्यमा संस्थाले मध्यपुर थिमिलाई क्षयरोगबिहीन नगरपालिका बनाउन अभियान सुरु गरेको हो ।
संस्थाले मध्यपुर थिमि वडा–८ पाटी बिहारमा क्षयरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरेर अभियानको शुभारम्भ गरेको संस्थाका सभापति बाबुकाजी साछं श्रेष्ठेले बताए ।
मध्यपुर थिमि नगरपालिकाका सामुदायिक विकास अधिकृत तुल्सी तकोले नगरपालिका क्षेत्रलाई क्षयरोगमुक्त बनाउन नगरपालिकाले कार्यक्रम संचालन गरेको जानकारी दिँदै नगरका बासिन्दाका लागि नगरपालिकाले स्वास्थ्य बिमा कार्यक्रम लागु गरेको जानकारी दिए ।
संस्थाका सभापति श्रेष्ठले मध्यपुर नगरमा क्षयरोगका बिरामी बढ्नुले यो रोगको न्यूनिकरणमा चुनौति थपेकोले नगरपालिकासँगको सहकार्यमा क्षयरोग मुक्त क्षेत्र बनाउने अभियान सुरु गरेको बताए । नगरपालिका क्षेत्रमा लुकेर रहेका क्षयरोगका बिरामीको खोजी सुरु गरिने उनले बताए । संस्थाका सचिव राम सिख्वःले मध्यपुर थिमि नगरपालिकासंगको सहकार्यमा वडा नम्बर ८, ९ र १० वडाबाट यो अभियान सुरु गरेको जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु