सम्पादकीय

संसदीय व्यवस्थाका कारण सर्वत्र भद्रगोल

देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिकलगायत सम्पूर्ण क्षेत्र दिनप्रतिदिन दूषित बन्दै गएको छ । देशमा गणतन्त्र स्थापना भएको डेढ दशक नाघिसक्यो तर देश र जनताको अवस्था झन् दिनप्रतिदिन नाजुक र दयनीय बन्दै गएको छ । सरकारका तीनवटै अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच बेमेल बढ्नुका साथै प्रभावहीन बन्दै गएका छन् । यो सबै हुनुमा कुनै व्यक्ति […]

२०७८ कार्तिक १४ गते, आईतवार

क्षेप्यास्त्र साप्ताहिक पन्धौं वर्षमा प्रवेश

नेपाल र नेपालीको स्वाधिनता र स्वाभिमानको रक्षा गर्दै जनतालार्ई सुसूचित गर्ने महान् कार्यमा थोरै भए पनि सहयोग पु¥याउने उद्देश्यका साथ सुरु गरिएको यस क्षेप्यास्त्र साप्ताहिक यसै अंकदेखि पन्ध्र वर्षमा प्रवेश गरेको छ । देशमा आमरूपमा प्रकाशित अन्य छापा सञ्चार माध्यमभन्दा पृथक रहँदै क्षेप्यास्त्र साप्ताहिकले आफ्नो छुट्टै पहिचान बनाएको छ । यस साप्ताहिकले देशमा व्याप्त अन्याय, […]

२०७८ कार्तिक ७ गते, आईतवार

तीन बुँदे सहमति अक्षरशः कार्यान्वयन गर

सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ महिना नाघिसकेको छ । नेकपाले सो तीन बुँदे सहमति अक्षरशः पालना गरिराखेको छ भने सरकारले नेकपामाथि लगाएको प्रतिबन्धबाहेक अन्य बुँदाहरु अहिलेसम्म कार्यान्वयन गरेको छैन । जसका कारण अहिले पनि नेकपाका कयौँ नेता, कार्यकर्ताहरु जेल र हिरासतमा छन् । सरकारले सहमति गर्ने तर कार्यान्वयनमा ढिलाइ गर्ने […]

२०७८ आश्विन २४ गते, आईतवार

जनमत संग्रह घोषणा गर

देशको राजनीति दिनप्रतिदिन जटिल र संकटग्रस्त बन्दै गइरहेको छ । सरकार अनिर्णयको बन्दी बनेको छ भने सरकारका तीनवटै अंगहरु निष्प्रभावी बनेका छन् । संवैधानिक अंगहरुमा राजनीति हावी भएको छ, जसका कारण उनीहरुले स्वतन्त्र रुपले कार्य गर्न पाएका छैनन् । भ्रष्टाचार, महँगी, कालोबजारी, बेरोजगारीले सीमा नाघेको छ । प्रहरी प्रशासन र शान्ति सुरक्षा एकादेशको कहानी भएको […]

२०७८ आश्विन १७ गते, आईतवार

नेकपाको स्वागत योग्य निर्णय

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक हालै तनहुँको बन्दीपुरमा सम्पन्न भएको छ । प्रतिबन्धपछि पहिलो पटक बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले देश र जनतालाई वर्तमान राजनीतिक संकटबाट मुक्त पार्न जनमतसंग्रहको माहोल सिर्जना गर्नेलगायत महत्वपूर्ण निर्णय गरेको बताइएको छ । केन्द्रीय समितिको उक्त बैठकले आफ्नो कार्यनीतिक नारा ‘जनमतसंग्रहका पक्षमा माहोल सिर्जना गर्न सबै देशभक्त, प्रगतिशील […]

२०७८ आश्विन १० गते, आईतवार

संसदीय व्यवस्थाको विकल्प खोजौं

देशको राजनीति दिनप्रतिदिन तरल बन्दै गइरहेको छ । झन्डै दुई तिहाई बहुमतको सरकारलाई धराशयी बनाएर परमादेशको बलमा बनेको सरकारले दुई महिना नाघिसक्दासमेत सरकारलाई पूर्णता दिन सकेको छैन । देशमा दिनप्रतिदिन वैदेशिक हस्तक्षेप बढी रहेको छ, एकपछि अर्को राष्ट्रघात र जनघाती कार्य भइरहेका छन् । भ्रष्टाचार, अनियमितता, कालोबजारी, महँगीले सीमा नाघेको छ भने प्रहरी प्रशासन बेलगाम […]

२०७८ आश्विन ३ गते, आईतवार

एमसीसी खारेज गराएरै छोडौं

यतिबेला अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बुरुक्स नेपालको संसद्बाट एमसीसी पास गराउने उद्देश्यका साथ नेपाल भ्रमण आएका छन । उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र संसद्वादी राजनीतिक दलका शीर्षस्थ नेताहरुसँग भेट गरी एमसीसी पास गराउन जोरजुलुम गरिरहेको समाचारहरु सार्वजनिक भइरहेका छन् । एमसीसी अमेरिकी सरकारको सैन्य […]

२०७८ भाद्र २७ गते, आईतवार

दार्चुला घटनाका दोषी एसएसबीलाई कारबाही गर

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समितिले भारतीय एसएसबीका दुई सुरक्षाकर्मीले तुइनको लठ्ठा खुस्काइदिएकै कारण जयसिंह महाकालीमा खसेर बेपत्ता भएको किटानी गर्दै घटनाको अनुसन्धान भारततर्फबाट पनि गराई दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन कूटनीतिक पहल गर्न आवश्यक भएको प्रतिबेदन बुझाएको छ । छानबिन समितिले महाकाली नदी तर्दातर्दै तुइन खुस्काइदिने जघन्य अपराधमा एसएसबीका […]

२०७८ भाद्र २० गते, आईतवार

दार्चुला घटनालाई त्यतिकै सामसुम पार्ने षड्यन्त्र

सरकारले दार्चुला घटनालाई त्यतिकै सामसुम पार्ने षड्यन्त्र सुरु गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको तार खुस्काइदिँदा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेको एक महिना भइसक्यो । तर, अहिलेसम्म न जयसिंहको शव भेटिएको छ, न सरकारले घटनाको यथार्थ सार्वजनिक गर्न सकेको छ । सरकारले १० दिनको म्याद दिएर बनाएको छानबिन समितिको म्याद […]

२०७८ भाद्र १४ गते, सोमबार

संसदीय व्यवस्थाको चिरहरण : जनमत संग्रह अनिबार्य

देशको राजनीति दिनप्रतिदिन तरल बन्दै गइरहेको छ । संसद्वादी दल र नेताहरु कै हर्कतका कारण संसदीय व्यवस्थाको चिरहरण भएको छ । संसद्वादी दल र नेताहरुको सत्तालिप्साका कारण देशको राजनीति अस्तव्यस्त भएको छ । झन्डै दुई तिहाई बहुमतको सरकारलाई असफल बनाएर सर्बोच्च अदालतको परमादेशको बलमा गठन भएको सरकारले महिना दिन नाघी सक्दा समेत सरकारलाई पूर्णता दिन […]

२०७८ भाद्र ६ गते, आईतवार