सम्पादकीय

संसदीय व्यवस्थाको चिरहरण : जनमत संग्रह अनिबार्य

देशको राजनीति दिनप्रतिदिन तरल बन्दै गइरहेको छ । संसद्वादी दल र नेताहरु कै हर्कतका कारण संसदीय व्यवस्थाको चिरहरण भएको छ । संसद्वादी दल र नेताहरुको सत्तालिप्साका कारण देशको राजनीति अस्तव्यस्त भएको छ । झन्डै दुई तिहाई बहुमतको सरकारलाई असफल बनाएर सर्बोच्च अदालतको परमादेशको बलमा गठन भएको सरकारले महिना दिन नाघी सक्दा समेत सरकारलाई पूर्णता दिन […]

२०७८ भाद्र ६ गते, आईतवार

दार्चुला घटनाको दोषीलाई उम्कन नदेऊ

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेर दार्चुलास्थित व्यास गाउँपालिका मालघाटका ३५ वर्षीय जयसिंह धामीलाई बेपत्ता बनाएको झण्डै १० दिन नाघिसक्यो तर सरकारले यस विषयमा खासै ध्यान दिएको देखिँदैन । सरकारले उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा एक छानबिन समिति बनाएर उक्त घटनालाई त्यतिकै ढाकछोप गर्न लागेको भन्दै चौतर्फी विरोध […]

२०७८ श्रावण २४ गते, आईतवार

भारतीय ज्यादतिको प्रतिवाद गरौं

नेपालको राजनीतिक, आर्थिक, सामाजिक, भौगोलिकलगायत हरेक क्षेत्रमा हस्तक्षेप गर्दै आएको छिमेकी राष्ट्र भारतले पुनः एउटा घृणित कार्य दोहो¥याएको छ । गत शुक्रबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेर एक नेपाली युवालाई महाकालीमा खसालेर बेपता बनाएको छ । एसएसबीले तुइनको डोरी निकाली दिँदा दार्चुला व्यासका ३० वर्षीय जयसिंह धामी नदीमा खसेर बेपता भएका छन् […]

२०७८ श्रावण १७ गते, आईतवार

अनिर्णयको बन्दी नबन

देशको राजनीति दिनप्रतिदिन संकटग्रस्त बन्दै गइरहको छ । सर्वोच्च अदालतको परमादेशअनुसार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री देउवाले सरकारको बागडोर सम्हालेको झण्डै आधा महिना पुग्न लाग्दासमेत मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । जसका कारण देशका दैनिक प्रशासनिक कार्यमा बाधा पर्दै आएको छ भने जनताले राज्यबाट पाउनुपर्ने सेवा सुविधासमेत प्रभावित भएका छन् […]

२०७८ श्रावण १० गते, आईतवार

सरकार होइन, सत्ता बदलौं

सर्वोच्च अदालतको परमादेशबमोजिम नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको छ । झण्डै दुई तिहाई बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकार आफ्नै पार्टीको अन्तरघातको कारण धराशयी हुन पुग्यो । यसरी झण्डै दुई तिहाई बहुमत प्राप्त सरकार धराशयी हुनुमा पार्टीको अन्तरकलह मात्र नभएर संविधान र संसदीय व्यवस्था नै मुख्य कारक भएको देखिन्छ । जबसम्म […]

२०७८ श्रावण ३ गते, आईतवार

तीन बुँदे सहमति कार्यान्वयन गर

नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच तीन बुँदे सहमति भएको चार महिना नाघिसकेको छ । सो सहमतिपछि सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध हटेको छ र पार्टीले शान्तिपूर्ण ढङ्गले खुला कार्यक्रमहरु गर्दै आएको छ । तर, सो सहमतिमा उल्लेख भएका कतिपय बुँदाहरु अहिलेसम्म सरकारले कार्यान्वयन गरेको छैन । जसका कारण अहिले पनि नेकपा झण्डै सवा सय नेता, कार्यकर्ताहरु […]

२०७८ असार २७ गते, आईतवार

राजनीतिक खिचातानी होइन, राष्ट्रिय सहमति कायम गर

यतिबेला देश र जनता प्राकृतिक प्रकोप र कोरोना महामारीबाट आतंकित भइरहेका छन् । प्राकृतिक प्रकोप र कोरोना महामारीका कारण जनजीवन अस्तव्यस्त भएको छ । तर, देश र जनताको सेवा गर्छौं भनी जनताको दैला–दैलोमा पुगेर बाचा गरेका राजनीतिक दल र नेताहरु देश र जनतामाथि आइलागेको यस विपत्तिको नजरअन्दाज गर्दै आफ्नै दलीय र व्यक्तिगत स्वार्थमा केन्द्रित हुँदै […]

२०७८ असार २० गते, आईतवार

भारतीय दादागिरी बन्द गर

भारतले नेपाललाई दीर्घकालीन असर पार्ने पर्खाल, सडक, बाँध–तटबन्ध निर्माणका काम धमाधम अघि बढाइरहेको समाचार सार्बजनिक भएको छ   । भारतले सीमावर्ती क्षेत्रमा बनाइएका अनधिकृत भौतिक संरचना हटाउनुको सट्टा नेपाली भूभागलाई थप असर पुग्ने गरी बलमिच्याइँपूर्वक निर्माण कार्य गर्नुले उसको नेपालप्रतिको हेपाहा दृष्टिकोण उजागर गर्दछ । भारतले सीमासम्बन्धी अन्तर्राष्ट्रिय सन्धि–सम्झौताअनुसार नदी–खोला तथा प्राकृतिक रूपमा सिर्जित पानीको […]

२०७८ असार १३ गते, आईतवार

बाढी र पहिरोपीडितको तत्काल उद्दार, राहत र व्यवस्थापन जुटौं

जेठ ३१ गते रातिदेखि परेको अविरल वर्षाका कारण देशैभरि बाढी, पहिरो र डुबानले केही व्यक्तिको ज्यान लिएको छ भने कैयौँ परिवार घरबारविहीन बन्न पुगेका छन् । जनतालाई परेको यस विपत्तिमा सरकारले ठोस भूमिका खेल्न नसकेको भन्दै गुनासो भइरहेको छ । सरकारले तत्काल ती गुनासोको सम्बोधन गर्नु आवश्यक छ भने जनप्रतिनिधि र जनसेवक हौँ भन्दै अहोरात्र […]

२०७८ असार ६ गते, आईतवार

जनमत संग्रह : आजको आवश्यकता र जनचाहना

देशको राजनीति दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ । संसद्वादी दलहरुको सत्ता र सरकारको छिनाझम्टीले देश र जनताको एजेण्डा ओझेलमा परेका छन् । विश्व नै कोरोना महामारीबाट आतंकित भइरहेको समयमा नेपाल पनि त्यसबाट अछुत रहन सक्ने अवस्था थिएन नै । नेपालमा कोरोना महामारीबाट जति क्षति पुगेको छ, यदि सरकार बेलैमा चनाखो भएको भए त्यति क्षति नहुने […]

२०७८ जेष्ठ २४ गते, सोमबार