खेलाडीको सेवा सुविधा वृद्धि गर

२०८१ बैशाख २६ गते, बुधबार


काठमाडौँ ।युवा संगठन नेपालले खेलाडीको सेवा सुविधा बढाउन माग गर्दै प्रदर्शन गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले मंगलबार राष्ट्रिय खेलकुद परिषद अगाडि खेलाडीको सुविधा बढाउन माग गर्दै प्रदर्शन गरेको हो ।
प्रदर्शनमा राष्ट्रिय टीमका खेलाडिलाई आवासको व्यवस्था गर, राष्ट्रिय टीमका प्रशिकलाई सेवा सुविधा उपलव्ध गर, त्रिवि क्रीकेट मैदानमा भौतिक पुर्वाधार निर्माण गर, राष्ट्रिय टीमका प्रशिक्षक र खेलाडिहरुको परिवारलाई स्वास्थ्य उपचारको व्यवस्था गर, खेलाडिलाई निरासा होइन हौसला देउ, राजनीति भगवण्डा होइन अवसर देउ, खेल जगतलाई प्रोत्साहन गर, भ्रष्टाचार होइन लगानी गर, युवा संगठन नेपाल जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावादका नारा लगाइएका थिए ।

प्रदर्शन पछि सम्बोधन गर्दै युवा संगठन नेपालका अध्यक्ष दिनेश सीले खेलकुद क्षेत्रमा भएका राजनीति भाग वण्डा नगर्न राखेपलाई चेतावनी दिए । उनले राष्ट्रिय टीमका प्रशिक्षकलाई राज्यले सेवा सुविधा दिनु पर्ने , घरपरिवारको स्वास्थ्य सेवालाई निशुल्क बनाउनु पर्ने र सबै क्षेत्रमा खेलकुद रंगशाला बनाउनु पर्ने, टियु क्रीकेट रंगशालालाई यथासिघ्र निर्माण गर्नु पर्ने र राज्यले खेलकुद क्षेत्रमा लगानी बढाउनु पर्ने माग गरे ।
यसैगरी, अध्यक्ष दिनेश सीले मन्त्रीलाई आवास चाहिने खेलाडिलाई नचाहिने किन ? भन्दै प्रश्न गर्दै भने- । ‘मन्त्रीले के गरेका छन् ? केवल देश कंगाल मात्र बनाउन जानेका छन् । जसले देशको सान र गौरव उच्च राख्न खेल क्षेत्रबाट देशलाई चिनाएका छन् तिनलाई आवास विहिन बनाउन हुँदैन । तत्काल खेलाडीका लागि आवासको व्यवस्था गर्नुपर्छ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु