संसदीय व्यवस्थाका कारण सर्वत्र भद्रगोल

२०७८ कार्तिक १४ गते, आईतवार

देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिकलगायत सम्पूर्ण क्षेत्र दिनप्रतिदिन दूषित बन्दै गएको छ । देशमा गणतन्त्र स्थापना भएको डेढ दशक नाघिसक्यो तर देश र जनताको अवस्था झन् दिनप्रतिदिन नाजुक र दयनीय बन्दै गएको छ । सरकारका तीनवटै अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच बेमेल बढ्नुका साथै प्रभावहीन बन्दै गएका छन् । यो सबै हुनुमा कुनै व्यक्ति विशेषको दोष नभएर समग्र व्यवस्थाकै दोष भएको तथ्य जगजाहेर छ । देशमा यही स्थिति रहिरहने हो भने राष्ट्र, राष्ट्रियता धराशयी हुने निश्चित छ ।

तसर्थ, देशलाई यस विकराल राजनीतिक संकटबाट पार लगाउन नेपाल कम्युनिस्ट पार्टीले भनेजस्तो जनताको व्यवस्था र शासन प्रणाली लागू गर्न जनमत संग्रह गर्नुको विकल्प छैन । देश र जनतालाई वर्तमान राजनीतिक संकटबाट मुक्त पार्न अब संसदीय निर्वाचन होइन, जनमत संग्रह गर्नुपर्छ । त्यसका लागि तत्काल जनमत संग्रह घोषणा गरी त्यसलाई कार्यान्वयन गर्न प्रगतिशील संयुक्त सरकार गठन गर्नुपर्छ । अन्यथा स्थिति झन् विकराल बन्ने निश्चित छ । त्यसकारण देशका तमाम कम्युनिस्ट, प्रगतिशील र लोकतन्त्रवादी राजनीतिक दल, नेता र बौद्धिक वर्गले नेकपाको जनमत संग्रहको एजेन्डालाई कार्यान्वयन गर्न प्रतिबद्ध भएर साथ र सहयोग गर्नुको विकल्प छैन । अन्यथा यी संसद्वादी दल र नेताले देशलाई भड्खालोमा हाल्ने निश्चित छ, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु