जनमत संग्रह घोषणा गर

२०७८ आश्विन १७ गते, आईतवार

देशको राजनीति दिनप्रतिदिन जटिल र संकटग्रस्त बन्दै गइरहेको छ । सरकार अनिर्णयको बन्दी बनेको छ भने सरकारका तीनवटै अंगहरु निष्प्रभावी बनेका छन् । संवैधानिक अंगहरुमा राजनीति हावी भएको छ, जसका कारण उनीहरुले स्वतन्त्र रुपले कार्य गर्न पाएका छैनन् । भ्रष्टाचार, महँगी, कालोबजारी, बेरोजगारीले सीमा नाघेको छ । प्रहरी प्रशासन र शान्ति सुरक्षा एकादेशको कहानी भएको छ । जता हे¥यो त्यतै भद्रगोलको स्थिति छ । यी सबै तथ्यले नेपालमा संसदीय व्यवस्था असफल भइसकेको पुष्टि गर्दछ । देश र जनतालाई यस राजनीतिक संकटवाट मुक्त पार्न अब नेपाल कम्युनिस्ट पार्टीले भने जस्तो जनमत संग्रह गर्नुको विकल्प छैन । संसदीय व्यवस्था असफल भइसकेको वर्तमान अवस्थामा अब देशमा कस्तो शासन व्यवस्था र कस्तो शासन प्रणाली लागू गर्ने भन्ने फैसला जनताको हातमा सुम्पनु सबैभन्दा वैज्ञानिक, वस्तुवादी र लोकत्रान्त्रिक हुन्छ भन्नेमा शायद नै दुई मत होला ।

तसर्थ, देशलाई द्वन्द्वमा नधेकेली जनताको शान्तिपूर्ण आवाजको सुनुवाई गर्दै शासन व्यवस्था र शासन प्रणाली परिवर्तन गर्न जनमत संग्रहभन्दा अर्को कुनै उत्तम र लोकतान्त्रिक विकल्प छैन । त्यसैले सरकारले तत्काल जनमत संग्रहको घोषणा गरी त्यसलाई कार्यान्वन्यन गर्न प्रगतिशील संयुक्त सरकार गठन गर्नु पर्छ र जनमत संग्रहमार्फत् जनताले रोजेको शासन व्यवस्था र शासन प्रणाली लागू गर्नुपर्छ । आजको आवश्यकता, समयको माग र जनचाहना पनि यही छ, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु