नेकपा उदयपुरले एमसीसी र भ्रष्टाचारविरुद्ध आन्दोलन चर्काउने

२०८१ बैशाख २६ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी उदयपुरले एमसीसी र भ्रष्टाचारविरुद्ध आन्दोलन चर्काउने भएको छ। सो पार्टीको हालै सम्पन्न प्रथम पुर्ण बैठकले सो निर्णय गरेको हो छ । नेपाल कम्युनिष्ट पार्टी प्रदेश संरचनामा गइसकेपछि उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा नेकपाका केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा उदयपुर जिल्ला सेक्रेटरी दुर्गा सीको अध्यक्षतामा विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।
उक्त बैठकका प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य तथा उदयपुर जिल्ला इन्चार्ज शैलेश सीले एमसीसीदेखि भ्रष्टाचारका विरुद्ध आन्दोलन गर्ने, जनसरोकारका विषयमा काम गर्ने, जनताको घरदैलोमा गएर भेटघाट तथा संगठन सुदृढ र संगठन विस्तार गर्ने निर्णय गरेको जानकारी गराए । त्यसैगरी बैठकले सुकुम्बासी समस्या, मिटरब्याजी पिडित र लघुवित्त पिडितका समस्यालाई लिएर नगरपालिका वडासम्म संघर्ष गर्ने निर्णय गरेको छ । असार १० गतेसम्म सबै जिल्लाभरी अन्तरक्रिया कार्यक्रम गर्ने जनताको हरेक समस्यामा पार्टी दृढताका साथ उभिएर जनताको सेवा गर्ने, मिटरब्याज पीडित र लघुवित्त पीडितहरुको न्यायका पक्षमा आवाज उठाउने र जिल्लाले पार्टीको नीति अनुसार उत्पादनलाई जिल्लामा जोड दिएर २ बिघाह जमिनमा तत्काल धान रोप्ने निर्णय गरेको छ ।
साेही अवसरमा क्रान्तिकारी माओवादीको जिल्ला कमिटी सदस्य रमेश कटुवाल र टंक थामीलाई जिल्ला इन्चार्ज शैलेशले अबिर खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रियाहरु