एमसीसी खारेज गराएरै छोडौं

२०७८ भाद्र २७ गते, आईतवार

यतिबेला अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बुरुक्स नेपालको संसद्बाट एमसीसी पास गराउने उद्देश्यका साथ नेपाल भ्रमण आएका छन । उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र संसद्वादी राजनीतिक दलका शीर्षस्थ नेताहरुसँग भेट गरी एमसीसी पास गराउन जोरजुलुम गरिरहेको समाचारहरु सार्वजनिक भइरहेका छन् । एमसीसी अमेरिकी सरकारको सैन्य रणनीति भएको र यसले नेपालको राष्ट्रिय सार्वभौमिकता र स्वाधीनतामाथि समेत अंकुश लागाउने भएकोले कुनै हालतमा स्वीकार्नु हुँदैन भन्दै नेपालका आमक्रान्तिकारी, सच्चा लोकतन्त्रवादी, प्रगतिशील र राष्ट्रवादी दल–नेता र आमसचेत नागरिक सडक संघर्षमा उत्रिएका छन् । देशमा अर्बौं–अर्ब भ्रष्टाचार र करछली भइरहेको छ तर सरकारको ध्यान त्यसतर्फ जान सकेको छैन । तर, सरकार एमसीसीले नेपालको बिद्युत् प्रशारण लाइन र सडक मर्मतका लागि दिने भनिएको जाबो ५६ अर्बमा ¥याल चुहाएर राष्ट्र र जनघाती कार्य गर्न तम्सिएको छ । जुन ज्यादै घृणित, निन्दनीय र लाजमर्दो कार्य हो ।

सरकार र संसद्वादी दलहरुले यस्तो राष्ट्रघाती र जनघाती एमसीसी सम्झौता ठाडै खारेज गर्नुपर्नेमा यो वा त्यो बहानामा एमसीसी संसद्बाट पारित गराउने रणनीतिमा लागेका छन् । तसर्थ सरकार र संसद्वादी दलहरुले गर्न लागेको यस राष्ट्रघाती कार्यलाई कुनै पनि हालतमा सफल हुन नदिने उद्घोषका साथ नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी रुपमा सडक संघर्ष अघि बढाइरहेको छ ।

तसर्थ, राष्ट्रघाती र जनघाती एमसीसी सम्झौतालाई खारेज गर्न छुट्टाछुटै होइन, एकजुट भएर आन्दोलन चर्काउनु अनिवार्य भएको छ । अन्यथा सरकार र संसद्वादी दल र नेताहरुले जुनसुकै बेला एमसीसी स्वीकार्न सक्छन् । त्यसकारण नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध देशव्यापीरुपमा चर्काएको सडक संघर्षमा आमक्रान्तिकारी, सच्चा लोकतन्त्रवादी, प्रगतिशील र राष्ट्रवादी दल–नेता र आमसचेत नागरिकले सहभागी हुनुको विकल्प छैन । त्यसैले बेलैमा सबैले बुद्धि पु¥याउ, एमसीसीलाई खारेज गराएरै छोड्ने नेपाल कम्युनिस्ट पार्टीको अठोटको सम्मान गर्दै उसले सुरु गरेको संघर्षलाई समर्थन, सहयोग र सहभागिता जनाउँदै स्वतन्त्र राष्ट्रको स्वाधीन नागरिकको वर्चश्व कायम राखौँ । अन्यथा पछि पछुताउनुबाहेक अर्को विकल्प हुने छैन, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु