कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

२०८१ बैशाख २६ गते, बुधबार


काठमाडौँ । कुमारी बैंक लिमिटेडले आज एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ११ हजार १६० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कुल कित्ता मध्ये १ लाख ८ हजार ४४ कित्ता बैंकका विद्यमान संस्थापक सेयरधनीहरूका लागि र ३ हजार ११६ कित्ता अन्य व्यक्ति तथा कम्पनीका लागि बिक्रीमा राखिएको बैंकले जनाएको थियो ।
सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ । त्यस्तै आम सर्वसाधारणका लागि सेयर खरिद चाहने इच्छुक लगानीकर्ताले पनि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले उल्लेख गरेको छ । निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पुल एकातिर, खोला अर्कैतिर !

२०८१ जेष्ठ ६ गते, आईतवार

सुन प्रतितोला १ लाख ४० हजार ९ सय

२०८१ जेष्ठ ६ गते, आईतवार

स्टार्टअपलाई १० वर्ष आयकर छुट

२०८१ जेष्ठ ६ गते, आईतवार

नेप्से शून्य दशमलव ७९ अंकले बढ्यो

२०८१ जेष्ठ ३ गते, बिहीबार