सम्पादकीय

तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाई नगर

सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको दश महिना नाघिसकेको छ । २०७७ फागुन २१ गते दिनको २ बजे विशेष समारोह गरी सार्वजनिक गरिएको उक्त सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टीमाथिको […]

२०७८ माघ २ गते, आईतवार

संसदीय व्यवस्था र नैतिकता नभएका नेता

जनताको जीवनस्तर दिनप्रतिदिन खस्कँदै गएको छ । अझै पनि देशका अधिकांश क्षेत्रका जनता हुँदा खानेको स्थितिमा छन् भने सामान्य बिरामी पर्दा सिटामोलसमेत खान नपाएर मृत्युवरण गर्न बाध्य भएका छन् । तर, संसद्वादी दल, नेता र सरकारलाई त्यसको कुनै चिन्ता र चासो देखिँदैन । उनीहरु जसरी हुन्छ सत्तामा पुग्ने र राज्यको ढुकुटी रित्याउनेमा दत्तचित्त भएको देखिन्छ […]

२०७८ पुष २५ गते, आईतवार

एकीकृत जनक्रान्ति निर्विकल्प

यतिबेला संसदीय व्यवस्था र संसद्वादी दल संकटको भुमरीमा फसेका छन्् । संसदीय व्यवस्थामा चौतर्फीरुपमा संकट आएको छ भने संसद्वादी दल आन्तरिक कलहमा तल्लिन छन् । देशका प्रमुख संसद्वादी दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले भर्खरै महाधिवेशन सम्पन्न गरेका छन् तर ती दलभित्रको आन्तरिक कलह समाधान हुन् सकेको छैन, बरु भुसको आगो जस्तै डरलाग्दो गरी […]

२०७८ पुष १८ गते, आईतवार

माओको मार्ग : मुक्ति मार्ग

आज पुस ११ गते, विश्व सर्वहारावर्गका महान् नेता माओ त्सेतुङको १२९ औँ जन्म दिन । माओ त्सेतुङ एक क्रान्तिकारी, राजनीतिक विचारक र साम्यवादी दलका नेता थिए, जसको नेतृत्वमा चीनमा क्रान्ति सफल भएको थियो । उनले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल सन् १९४९ देखि यता उनको मृत्यु भएको मिति सन् १९७६ सम्म चीनको नेतृत्व सम्हालेका […]

२०७८ पुष ११ गते, आईतवार

एमसीसी भित्र्याए संसदीय व्यवस्था, संसद्वादी दल र नेता खरानी हुने निश्चित

नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल, दुई मोर्चालगायत बिभिन्न संघसंस्थाले एमसीसी सम्झौता खारेज गर्न माग गर्दै गत मङ्सिर २८ गते आयोजना गरेको संसद् भवन घेराउ कार्यक्रममा प्रहरीले चरम दमन ग¥यो । प्रहरी दमनबाट नेकपा प्रवक्ता प्रकाण्डलगायत दर्जनौँ नेता, कार्यकर्ता र सर्वसाधारण घाइते भए भने दर्जनौँ नेता, कार्यकर्ता र सर्वसाधारणलाई अनाहकमा गिरफ्तार गरी यातना दिने काम […]

२०७८ पुष ४ गते, आईतवार

एमसीसी सम्झौता खारेज गराएरै छोडौं

सरकारले यही मंसिर २८ गते एमसीसी सम्झौता संसद्बाट पारित गर्न संसद्को अधिवेशन आव्हान गरेको बताइएको छ । एमसीसी सम्झौता नेपालको हितमा छैन र तत्काल खारेज गर्नु पर्छ भन्दै आमक्रान्तिकारी र राष्ट्रवादी दल तथा नेतालगायत आमस्वाभिमानी जनताले आ–आफ्नो स्थानबाट चर्को बिरोध जनाइरहेका छन् । अमेरिकाको साम्राज्यवादी मिसनमा आधारित एमसीसी सम्झौताको ५६ अर्ब पैसा लिँदा नेपालको स्वाधीनता […]

२०७८ मंसिर २६ गते, आईतवार

संसदीय व्यवस्थाको विघटन अनिवार्य

देशको राजनीति दिनप्रतिदिन संकटग्रस्त बन्दै गएको छ । सरकारले चुस्त–दुरुस्त कार्य गर्न सकेको छैन । राज्यका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायालयबीच तिक्तता बढेको छ । संबैधानिक अंग राजनीतिक कार्यकर्ता भर्ना गर्ने थलो भएको छ । आपूmलाई लोकतन्त्रवादी ठान्ने र मान्ने संसद्वादी दल र नेताहरु लोकतन्त्रको उपहास गर्दै दलगत र व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुब्न पुगेका […]

२०७८ मंसिर १९ गते, आईतवार

संकटग्रस्त संसदीय व्यवस्थाको बिकल्प खोजौ

देशको राजनीति दिनप्रतिदिन संकटग्रस्त बन्दै गइरहेको छ । भ्रष्टाचार, महँगी, कालोबजारी, बेरोजगारीले अनियमितता, सेटिङ्ग, घुसखोरी, नातावाद, कृपावाद र दलगत स्वार्थले सीमा नाघेको छ । प्रहरी प्रशासन र शान्ति सुरक्षा एकादेशको कहानी भएको छ । सरकार अनिर्णयको बन्दी बनेको छ । सरकारका तीनवटै अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच बेमेल बढ्नुका साथै प्रभावहीन बन्दै गएका छन्् । […]

२०७८ मंसिर १२ गते, आईतवार

नेकपाको आठौँ पार्टी पुनर्गठन दिवस र जनअपेक्षा

नेपाल कम्युनिस्ट पार्टीले यसै हप्ता अर्थात मंगसिर ८ गते ‘आठौँ पार्टी पुनर्गठन दिवस’ मनाउँदैछ । १० वर्षे जनयुद्ध गरेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) वैचारिक, राजनीतिक र सांगठानिकरुपले बिसर्जन भएपछि २०६९ सालमा मोहन वैद्य ‘किरण’को नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भएको थियो । मोहन वैद्य ‘किरण’को नेतृत्वमा पुनर्गठन भएको उक्त पार्टी पनि वैचारिक, राजनीतिक र […]

२०७८ मंसिर ८ गते, बुधबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर

नेपाल आयल निगमले हालै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेकोछ । आयल निगमको यस कार्यले अब सम्पूर्ण वस्तुको मूल्यवृद्धि हुने निश्चित छ । सरकारले महँगी, कालोबजारी, भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न नसक्दा जनजीवन दिनप्रतिदिन कष्टकर बन्दै गइरहेको थियो । यसमाथि झन् आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरी दिएपछि कालोबजारी र अनियमितता गर्नेलाई ऊर्जा थपिदिएको छ । जनताको […]

२०७८ कार्तिक २८ गते, आईतवार