दार्चुला घटनाका दोषी एसएसबीलाई कारबाही गर

२०७८ भाद्र २० गते, आईतवार

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समितिले भारतीय एसएसबीका दुई सुरक्षाकर्मीले तुइनको लठ्ठा खुस्काइदिएकै कारण जयसिंह महाकालीमा खसेर बेपत्ता भएको किटानी गर्दै घटनाको अनुसन्धान भारततर्फबाट पनि गराई दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन कूटनीतिक पहल गर्न आवश्यक भएको प्रतिबेदन बुझाएको छ । छानबिन समितिले महाकाली नदी तर्दातर्दै तुइन खुस्काइदिने जघन्य अपराधमा एसएसबीका सुरक्षाकर्मी दोषी रहेको ठहरसहितको प्रतिवेदन आएपछि अब दोषीलाई कारबाही गराउने जिम्मेवारी नेपाल सरकारसामु आएको छ । यो प्रतिबेदनसँगै नेपाल सरकारलाई आफ्ना नागरिकमाथि भएको मानवताविरोधी अपराधविरुद्ध बोल्न बाध्य परेको छ  भने दोषीलाई ढाकछोप गर्न खोजे नेपाली जनताले त्यसको प्रतिकार गर्ने र सरकार अप्ठ्यारोमा पर्ने निश्चित छ  । त्यसकारण सरकारले दार्चुला घटनाका विषयमा भारत सरकारसँग छलफल गरी दोषी भारतीय सीमा सुरक्षा बल (एसएसबी) लाई तत्काल कारबाही गर्न लगाई आगामी दिनमा त्यस किसिमका अमानवीय हर्कत नदोहो¥याउने प्रतिबद्धतासमेत गराउनु पर्छ । सरकारले भारतीय एसएसबीको अमानवीय कार्यमा भारतसामु घुँडा टेक्नु हुँदैन । अब नेपाली नागरिक भारतको दादागिरि सहने पक्षमा छैनन्, उनीहरु आफ्नो राष्ट्रिय सार्बभौमिकता र स्वाधीनताका निम्ति जस्तोसुकै लडाई लड्न पनि पछि पर्दैनन् ।

तसर्थ, सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समितिले पेश गरेको प्रतिबेदन कार्यान्वन गर्दै दार्चुला घटनाका दोषी एसएसबीलाई तत्काल कारबाही गराई भारत सरकारले आगामी दिनमा त्यस प्रकारका अमानवीय हर्कत नदोहो¥याउने प्रतिबद्धता जनाउन लगाउनुपर्छ । यदि सरकारले बिगतमा जस्तै भारतसँग आत्मसमर्पणकारी कार्य गरे, यस घटनालाई सामसुम पार्ने षड्यन्त्र गरे, त्यो आमनेपाली जनतालाई अस्वीकार्य हुनेछ र सरकारको यस किसिमको आत्मसमर्पणकारी कार्यबिरुद्ध आमजनता सडकमा उत्रने छन्, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

समाजवादका लागि जुटौं

२०८० फाल्गुन २० गते, आईतवार