‘निर्वाचन प्रयोग पनि क्रान्तिको एउटा सशक्त मोर्चा हो’

२०८१ बैशाख २६ गते, बुधबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज राजन सीले निर्वाचनको प्रयोग पनि क्रान्तिको एउटा सशक्त मोर्चा भएको बताएका छन् ।
मंगलबार पोखरामा नेकपा गण्डकी प्रदेशद्वारा आयोजित पार्टी सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान उद्घाटन कार्यक्रममा आफ्नो प्रशिक्षणात्मक मन्तव्य राख्दै यस्तो बताएका हुन् ।
कार्यक्रमका अतिथिसमेत रहेका नेता राजन सीले क्रान्तिकारी कम्युनिस्टहरुले आफ्नो सत्ता स्थापना गर्नको निम्ति प्रयोग गर्ने मोर्चामध्ये निर्वाचन प्रयोग पनि एउटा मोर्चा भएको बताए ।
उनले भने,” हाम्रो पार्टीले जुन सुझबुझका साथ निर्वाचन प्रयोग सम्बन्धी नयाँ वस्तुवादी संश्लेषण गरेको छ यो पनि क्रान्तिकै एउटा प्रभावकारी मोर्चा हो ।”
नेपालमा देखिएको निर्वाचन प्रयोग र बहिस्कार सम्बन्धी तथ्यलाई फरक दृष्टिकोण र तर्कबाट प्रमाणित गर्नुपर्ने आवश्यकता रहेको औल्याए ।
उनले भने,” क्रान्तिकारीहरुले गर्ने निर्वाचको प्रयोग र बहिस्कार नयाँ होइन हिजो जनयुद्धमा जानूपुर्व पनि चुनावलाई प्रयोग गरिएको थियो संसदमा आफ्नो सिट सुरक्षित हुँदाहुँदै पनि त्यसलाई परित्याग गर्दै तत्कालीन जनमोर्चा जसको नेतृत्वले राजतन्त्र फालेर नेपालमा गणतन्त्र स्थापना गर्न सफल भयो उ संसदवादी भएन ।
उनले नेपालको पछिल्लो वस्तुस्थिति हेर्दा पार्टीले लिएको निर्वाचन प्रयोगको नीतिले प्रतिगमनकारीहरुलाई र षड्यन्त्रकारीहरुलाई अल्मल्याएको बताउदै पार्टीको चुनाव सम्बन्धी अवधारणा एकीकृत जनक्रान्तिको एक अभिन्न अङ्ग रहेको बताए ।- शाहस भट्ट

प्रतिक्रियाहरु