समाज

सप्तकोशीमा पानीको बहाव बर्षकै उच्च

काठमाडौं, १७ असार । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव यो बर्षकै उच्च पुगेको छ । गएराती १० देखि २ बजेसम्म गरिएको मापन अनुसार नदीमा पानीको बहाव प्रतिसेकेण्ड १ लाख ५६ हजार ३ सय ५६ क्युसेक पुगेको हो । नदीमा पानीको बहाव उच्च भएसंगै राती व्यारेजमा खतरा स्वरुप रातो बत्ती बालेर एकतर्फी सवारी संचालन गरिएको थियो […]

२०७२ असार १७ गते, बिहीबार

गड्यौला र चराका कारण विमानस्थल अवरुद्ध

काठमाडौ, १६ असार । अन्तर्राष्ट्रिय विमानस्थल आज गड्यौला र चराले गर्दा अवरुद्ध हुन पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अपरान्ह ४ बजेतिर काग र चिलहरुको हुल आएपछि करिब आधा घण्टा विमानको अवतरण र उडान अवरुद्ध हुन पुगेको हो । विमानस्थलका एटिसी चिफ भरत शर्माले पानी परेर रनवे क्षेत्रमा देखिएको गड्यौला टिप्न चराको हुल आएकोले […]

२०७२ असार १६ गते, बुधबार

बरुवा बाँध भत्कियो चार गाउँ उच्च जोखिममा

काठमाडौं , १५ असार । उदयपुरको त्रियुया नगरपालिका–४ असारीस्थित बरुवा नदीको किनारमा निर्माण गरिएको पुरानो बाँध भत्किएर पुनः मर्मत हुन नसक्दा बरुवा नदी पारिको चार गाउँ उच्च जोखिममा परेको छ । बरुवा नदीले पुरानो बाँध कटान गरेपछि अहिले बरुवापारि क्षेत्रको असारी गाउँ, लक्ष्मीपुर, पोर्ताह तथा बरुवा ढिक क्षेत्रका गाउँ बस्ती उच्च जोखिममा परेको लक्ष्मीपुरका स्थानीयवासी […]

२०७२ असार १५ गते, मंगलवार

सिन्धुपाल्चोकमा भीषण पहिरो

काठमाडौ, १५ असार । मंगलबार बिहान ३ बजे सिन्धुपाल्चोकको हगाम गाविस याङ्लाकोटमा भीषण पहिरो गएको छ । पहिरोले यो गाविसका ५ र ७ नम्बर वडाका ५ वटा अस्थायी घर बगाएको छ । पहिरो गएपछि भएको भागदौडमा ६ जना घाइते भएका छन् । अन्य मानविय क्षति भने नभएको स्थानीय प्रशासनले जनाएको छ । भारी बर्षासँगै बस्ती […]

२०७२ असार १५ गते, मंगलवार

जंगली हात्तीको आक्रमणबाट मृत्यु

काठमाडौं, १४ असार । भारतीय जङ्गलमा च्याउ टिप्न गएका कञ्चनपुरको दोधाराचादनी नगरपालिकाका एक स्थानीयको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आइतबार दोधाराचादनी नगरपालिका–३ बडुवाल टोलका ६५ वर्षीय बलबहादुर थापाको हात्तीले आक्रमण गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा बल दोधाराचादनीका प्रहरी निरीक्षक शङ्कर सिंह धामीले बताए । सीमा स्तम्भ नं १३ देखि दुई किलोमिटर भारतीय जङ्गलमा थापाको […]

२०७२ असार १४ गते, सोमबार

हिलम्मे सडकमा धान रोपियो

काठमाडौं । काठमाडौं महाँकालका स्थानीयहरुले व्यस्त सडकबीचमै धान रोपाइँ गरेका छन् । मेलम्ची खानेपानी परियोजनाले महिनौ देखि सडक खनेर अलपत्र पारे पछि शनिवार स्थानीयहरुले वौद्ध चुच्चेपाटी महाँकाल रामहिटी, कपन, आरुवारीको मुख्य सडकमा रोपाई गरेका हुन् । मेलम्ची खानेपानी परियोजना र कालिका कस्ट्रक्सनको लार्पवाही र ढिलासुस्तिको बिरोध जनाउदै त्यस क्षेत्रका स्थानीयवासीहरुले मुख्य सडकमा असारे गीत गाँउदै […]

२०७२ असार १३ गते, आईतवार

घ्याङफेदी पहिरोको उच्च जोखिममा

काठमाडौं, १३ असार । नुवाकोटको सुदूर पूर्वमा रहेको घ्याङफेदी गाउँ विकास समितिका सबै वडा लगातार परेको पानीका कारण पहिरोको चपेटमा परेको छ । गत वैशाख १२ को भूकम्प र त्यसपछि आएका पराकम्पनबाट चिराचिरा भएको डाँडाहरुमा लगातारको पानी पस्दा पहिरो जान थालेको हो । निकै अग्ला र भिरालो पहाडको टुप्पा र फेदीमा रहेका वस्तीहरु पहिरो खस्न […]

२०७२ असार १३ गते, आईतवार

जमिन साहको हत्यारालाई सार्वजनिक गरिदै

काठमाडौं, १३ असार । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले सञ्चार उद्यमी जमीम साहको हत्यामा संलग्न भई फरार भएका नेपाल प्रहरीका पूर्वडिएसपी जगदिश चन्दलाई पक्रेको छ । चन्दलाई काठमाडौंको बानेश्वरबाट शनिबार साँझ लुकेर बसेको अवस्थामा पक्राउ गरिएको एसएसपी सर्बेन्द्र खनालले पुष्टी गरे । चन्दलाई आज सार्वजनिक गर्ने तयारी प्रहरीको छ । राजधानीको लाजिम्पाटमा २०६६ माघ […]

२०७२ असार १३ गते, आईतवार

विनाशकारी भूकम्पको दुई महिना पुरा

काठमाडौं, १२ । गत वैशाख १२ को शक्तिशाली भूकम्प र त्यसपछिका पराकम्पनमा परी ज्यान गुमाएकाहरुको आत्माशान्तिको कामना गर्दै विभिन्न कार्यक्रम भइरहेका छन् । भूकम्पका कारण ज्यान गुमाएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दै शनिबार काठमाडौंमा ‘एक दिवंगत आत्माः एक बेलुन हातमा’ नामक कार्यक्रम गरियो ।

२०७२ असार १२ गते, शनिबार

कहिल्यै सुनुवाई नहुने भो ज्येष्ठ नागरिकको माग

काठमाडौँ । ज्येष्ठ नागरिक धर्नामा बसेको २९ महिना बित्दा पनि सम्बन्धित निकायले त्यसको सुनुवाइ गरेको छैन । आपूहरूले पाउँदै आएको रु पाँच सय वृद्ध भत्ता बढाएर रु तीन हजार पु¥याउनुपर्ने माग राख्दै धर्नामा उत्रिएका १२ जना ज्येष्ठ नागरिकको मृत्यु भइसकेको छ । धर्ना बस्दै आउनुभएका झापाका ८४ वर्षीय भक्तबहादुर बस्नेतले भन्छन (२०६९ फागुन २४ गतेदेखि […]

२०७२ असार १२ गते, शनिबार