समाज

चट्याङ लागेर दुईको मृत्यु

काठमाडौं, २३ जेठ । गएराति पानीसँगै परेको चट्याङ लागेर झापामा दुईजनाको मुत्यु भएको छ । मुत्यु हुने झापा गरामनी गाविस–९ का खोटनाथ रेग्मी र शान्तिनगर गाविस–६ का सीता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।प्रहरीका अनुसार रेग्मी घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको र उपचारका लागि बिर्तामोडस्थित विर्ता सिटी अस्पताल लगिएकोमा उनको उपचारको क्रममा […]

२०७२ जेष्ठ २३ गते, शनिबार

उद्धारमा आएका सबै विदेशी सैनिक फिर्ता

काठमाडौं ,२२ जेठ । गतबैशाख १२ गतेको भूकम्पपछि नेपाल आएर उद्धार तथा राहतमा खटिएका सबै विदेशी सैनिक फिर्ता भएका छन् । आज अन्तिम टोलीको रुपमा क्यानडाका सैनिक स्वदेश फर्किएका छन् । क्यानडाका ७ जना सैनिकहरु शुक्रबार स्वदेश फिर्ता भएपछि मित्र राष्ट्रहरुबाट आएका सबै विदेशी सैनिकहरु फिर्ता हुने काम सकिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । […]

२०७२ जेष्ठ २२ गते, शुक्रबार

आज विश्व वातावरण दिवस

काठमाडौं, २२जेठ । आज ५ जुन अर्थात् विश्व वातावरण दिवस, नेपालमा पनि प्रकृति संरक्षणको क्षेत्रमा लागेकाले विभिन्न कार्यक्रम गरी मनाइदैछ । एउटै पृथ्वी, सात अर्ब सपना: दिगो उपभोग, हाम्रो चाहना भन्ने नारा सहित विश्वभर दिवस मनाइदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ तारिखदेखि यो दिवस मनाउन सुरु गरिएको हो ।

२०७२ जेष्ठ २२ गते, शुक्रबार

दोलखामा अझै डेढ दर्जनभन्दा बढी बेपत्ता

काठमाडौं, २१ जेठ । गत वैशाख २९ गते गएको विनासकारी भूकम्पमा दोलखामा हराएका १९ जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन भने दुईओटा शवको सनाखत हुन सकेको छैन । सिंगटीबाट उत्खनन् गरिएका दुईओटा शवको सनाखत हुन नसकेको हो । भोर्ले, सोरुङखोला, झोरुङखोला आसपासका पहिरो र सिंगटी बसपार्कको पहिरोमा उनीहरु बेपत्ता भएको हुनसक्ने प्रहरीको अनुमान छ […]

२०७२ जेष्ठ २१ गते, बिहीबार

सेफ्टी ट्यांकीले पाच जनाको ज्यान लियो

काठमाडौं, २१ जेठ । सेफ्टी ट्यांकी सफा गर्ने क्रममा निस्सासिएर पांच जना मजदुरको मृत्यु भएको छ । कपिलवस्तुको निग्लिहवा गाविस वडा नम्बर–७ पचेहरा गाउंमा स्थानीय प्रकाश केवटको निर्माणाधिन घरको सेफ्टी ट्यांकी भित्र छिरेर ढलान खोल्ने क्रममा उनीहरुको निस्सासिएर मृत्यु भएको हो । मृत्यु हुनेमा बाणगंगा नगरपालिका वडा नम्बर ७ हथौसाका विनोद थारु, भदै थारु, रमेश […]

२०७२ जेष्ठ २१ गते, बिहीबार

भूकम्पपीडितलाइ परिचयपत्र बनाउन आग्रह

काठमाडौं, २१ जेठ । सरकारले भूकम्प प्रभावित परिचय पत्र नबनाएकालाई सम्बन्धित वडा, गाविस वा नगरपालिकामा सम्पर्क गर्न आग्रह गरेको छ । भूकम्प पीडितलाई राहत वितरणमा सहज होस् भनेर परिचय पत्र बाँडेकाले अहिलेसम्म नलिएकालाई लिन सरकारले आग्रह गरेको हो । त्यसको लागि सम्बन्धित वडा, गाविस वा नगरपालिकामा नागरिकता लिएर जान, नागरिकता नभए आफु त्यहि ठाउँको भएको […]

२०७२ जेष्ठ २१ गते, बिहीबार

भग्नावशेष चोभार र बागमती किनारमा तह लगाइने

काठमाडौं, २० जेठ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गत वैशाख १२ को भूकम्पले भित्कएका तथा जोखिमयुक्त बनेका काठमाडौं उपत्यकाको भवनको भग्नावशेष बागमती नदी किनार आसपासका खाल्डा र चोभारस्थित हिमाल सिमेन्ट कारखानाले बनाएको खाल्डो पुर्ने तयारी गरेको बताएको छ । भग्नावशेषलाई उपत्यकाभित्र महानगरपालिका तथा नगरपालिकाको कुनै ठाउँमा थुपार्ने र पछि खाल्डा पुर्न लगिने तयारी […]

२०७२ जेष्ठ २० गते, बुधबार

देशभर गर्मी अझै बढ्ने

काठमाडौं, २० जेठ । जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यका सहित देशभर गर्मी अझै बढ्ने अनुमान गरेको छ । महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार अहिले तत्कालको लागि पानी पार्ने कुनै वायु नभित्रिएकाले गर्मी बढ्ने अनुमान गरिएको हो । उनका अनुसार काठमाडौं उपत्यकासहित मध्य र पश्चिम तराइमा गर्मी अझै बढ्नेछ । पूर्वमा मेघ गर्जनसहित क्षणिक […]

२०७२ जेष्ठ २० गते, बुधबार

टुँडिखेलमा जनचेतनामुलक साँस्कृतिक कार्यक्रम

काठमाडौं,१९ जेठ । काठमाडौंको टुँडिखेलमा भूकम्प सम्बन्धी साँस्कृतिक जनचेतना अभियान अन्तर्गत मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमभएको छ । नेपाल संगीत तथा नाट्य प्रतिष्ठानले टुँडिखेलमा हास्यव्यंग्य, जनचेतनामुलक गीत, संगीतको साथै नृत्य प्रस्तुत गरेको हो । भूकम्पबाट प्रभावित भई टुँडिखेलमा अस्थायी रुपमा बसोबास गरेकाको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा आयोजकले बिस्थाापित बालबालिकालाई नै कलाकारको रुपमा प्रयोग गर्दै वातावरणलाई सक्दो […]

२०७२ जेष्ठ १९ गते, मंगलवार

पश्चिम तराईमा सामान्य बदली

काठमाडौं,१९ जेठ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले पश्चिम तराईमा सामान्य बदली भैरहेको जनाएको छ । महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार पश्चिमी वायुको प्रभावका कारण त्यस क्षेत्रको मौसम बदली भएको हो । यद्यपी यो प्रणाली त्यत्ति बलियो नभएकाले भोलिदेखि त्यस क्षेत्रमा फेरि गर्मी बढ्ने अनुमान गरिएको छ । पश्चिमी वायु बलियो नभएका कारण त्यहाँ […]

२०७२ जेष्ठ १९ गते, मंगलवार