जमिन साहको हत्यारालाई सार्वजनिक गरिदै

२०७२ असार १३ गते, आईतवार

काठमाडौं, १३ असार । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले सञ्चार उद्यमी जमीम साहको हत्यामा संलग्न भई फरार भएका नेपाल प्रहरीका पूर्वडिएसपी जगदिश चन्दलाई पक्रेको छ । चन्दलाई काठमाडौंको बानेश्वरबाट शनिबार साँझ लुकेर बसेको अवस्थामा पक्राउ गरिएको एसएसपी सर्बेन्द्र खनालले पुष्टी गरे । चन्दलाई आज सार्वजनिक गर्ने तयारी प्रहरीको छ । राजधानीको लाजिम्पाटमा २०६६ माघ २४ गते जमीम साहको गोली हानी हत्या गरिएको थियो ।
घटनाको १७ दिनपछि चन्द भागेर भारत गएका थिए । चन्दविरुद्ध प्रहरीले इन्टरपोलमार्फत् रेडकर्नर नोटिस नै जारी गरेको थियो । साह हत्याको योजनाकार बब्लु श्रीवास्तवसँग चन्दको टेलिफोन सम्पर्क देखिएपछि उनको संलग्नता खुलेको थियो । चन्द कहिले दिल्ली, लखनउ र कहिले काठमाडौंमा लुक्दै आएका थिए । नक्कली सर्टिफिकेटको भरमा प्रहरीमा भर्ना भएको पुष्टी भएपछि उनले जागिर छाडेका थिए ।

प्रतिक्रियाहरु