समाज

मानव तस्करी रोक्न समिति

काठमाडौं, २५ असार । कपिलवस्तुको कृष्णनगर सीमा नाका मानव तस्करीको मुख्य केन्द्रविन्दु बन्दै गएको जन–गुनासो अनुसार मानव तस्करी रोक्न सीमा क्षेत्रमा विशेष निगरानी बढाइएको छ । मानव बेचविखनका घटनालाई सामुहिक रुपमा रोक्न सो समिति गठन गरिएको हो । । शान्ति पुनर्स्थापना गृह (पीआरसी) कृष्णनगरको पहलमा सीमाक्षेत्रका विभिन्न गाविसमा मानव बेचविखन विरुद्धको समिति गठन गरिएको छ […]

२०७२ असार २५ गते, शुक्रबार

चोभार गुफामा छिर्नेक्रममा लडेर युवकको मृत्यु

काठमाडौं, २४ असार । ललितपुरको चोभार गुफामा प्रवेश गर्नेक्रममा लडेर बुधबार काठमाडौं, कालीमाटीका प्रतीक विष्टको मृत्यु भएको छ । चोभार गल्छेंडोमा सुदिप शाही, साजन तामाङ, कृष्ण तामाङ र प्रतीक विष्ट घुम्न गएकोमा गुफा प्रवेश गर्नेक्रममा १८ वर्षीय विष्टको लडेर घटनास्थलमै मृत्यु भएको हो । अचानक लडेर विष्ट बागमती नदी किनारमा पुगेको प्रहरीले जनाएको छ । […]

२०७२ असार २४ गते, बिहीबार

नवनियुक्त प्रधानन्यायाधीश कल्याण श्रेष्ठ पदभार सम्हाल्दै

काठमाडौं, २३ असार । राष्ट्रपति डा. रामवरण यादवले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश कल्याण श्रेष्ठलाई नियुक्त गरेका छन् ।संवैधानिक परिषदको सिफारिसलाई संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपति डा. यादवले श्रेष्ठलाई बुधबार प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले बुधबारै शीतल निवासमा राष्ट्रपति डा. यादवसमक्ष पुगेर पद तथा गोपनीयताको सपथ लिएका छन् । सपथग्रहण कार्यक्रममा […]

२०७२ असार २३ गते, बुधबार

जन्मिएको सत्र वर्षपछि थर र नागरिकता

काठमाडौं, २१ असार । जिल्लाको उत्तरी गाविस दुवेकोल–६ का दुर्गाराजको १७ वर्षपछि ‘थर’ कायम भएको छ । बुबा विद्यापति भट्टराई र आमा फुलमायाँ नेपालीको अन्तरजातीय विवाहपछि जन्मिएका दुर्गाराजको १७ वर्षपछि थर कायम गरिएको हो । विसं २०५५ असार २९ गते जन्मिएका दुर्गाराजको थर वंशजका आधारमा ‘भट्टराई’ कायम गरेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द […]

२०७२ असार २१ गते, सोमबार

काभ्रेको नौ गाविसका बस्तीमा उच्च सतर्कता

काठमाडौँ, २१ असार । भूकम्पका कारण पहिरोको उच्च जोखिममा रहेको काभ्रेपलाञ्चोकको विभिन्न नौवटा गाविसका विभिन्न बस्तीलाई उच्च सतर्कतामा राखिएको छ । दैवी प्रकोप उद्धार तथा राहत समितिका संयोजक तथा काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले ती गाविस पहिरोको उच्च जोखिममा भएकाले नेपाली सेनाको टोली परिचालन गरेर सतर्कता अपनाइएको बताउनुभयो । वर्षाको समय छ, जतिबेला जस्तो […]

२०७२ असार २१ गते, सोमबार

परासी बजार ठप्प

काठमाडौ, २० असार । विद्युत आपूर्ति नियमित नभएपछि आक्रोशित बनेका स्थानीयवासीले आइतबार नवलपरासीको सदरमुकाम परासी बन्द गराएका छन् । अत्याधिक गर्मीका समयमा बढेको लोडसेडिङ्ग, लो–भोल्टेज र अनियमित विद्युत आपूर्तिले जनजीवन कष्टकर बनेको भन्दै उनीहरुले लोडसेडिङ्गको समय घटाएर आपूर्ति सहज बनाउन माग गरेका हुन् ।१५ दिनअघि ज्ञापन पत्र बुझाए पनि माग वेवास्ता गरेको भन्दै बन्दमा उत्रिएका […]

२०७२ असार २० गते, आईतवार

फरार कैदी प्रहरीको फन्दामा

काठमाडौं,१९ असार । काठमाडौं प्रहरीले सिन्धुपाल्चोक कारागारबाट फरार भएका एक कैदीलाई पक्राउ गरेको छ । फरार कैदी रावणजित तामाङलाई सुन्धारास्थित बेविलोन डिस्कोबाट प्रहरीले पक्राउ गरेको हो । फरार कैदी डिस्कोमा रहेका थाहा पाएपछि पुगेको प्रहरी टोलीले उनलाई पक्राउ गरी लिएर जाँदै गर्दा भाग्ने प्रयास गरेपछि प्रहरीले गोली प्रहार गरी पुनः नियन्त्रणमा लिएको हो । घुँडामुनी […]

२०७२ असार १९ गते, शनिबार

संविधानमा महिला अधिकार बारे छलफल र बहस सुरु

काठमाडौं, १८असार । संविधानको प्रारम्भिक मस्यौदा संविधानसभामा पेश भएपछि यसका अन्तरवस्तुका विषयमा विभिन्न टिका–टिप्पणीहरु भइरहेका छन् । सरोकारवालाहरुले मस्यौदामा आफ्नो चासोका विषयहरु कति समेटिए, कति समेटिएनन् ? त्यसको लेखाजोखा गरिरहेका छन् । महिलाहरुले पनि आफ्ना अधिकार कति परे ? त्यसको छलफल र बहस सुरु गरेका छन् । यसै सन्दर्भमा नेपाल महिला संघ, अखिल नेपाल महिला […]

२०७२ असार १८ गते, शुक्रबार

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा बिमल ढकाल

काठमाडौं, १८असार । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २३औँ सधारणसभाबाट बिमल ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । लोकतान्त्रिक वैदेशिक रोजार व्यवसायी फोरमबाट अध्यक्षका प्रत्यासी बनेका ढकालले बिहीबार साँझ सम्पन्न निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्न सफल भएका हुन् । उनले प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका तर्फबाट अध्यक्षका प्रतिस्पर्धी सरोजकुमार पोखरेललाई २४ मतले पछाडि पार्दै […]

२०७२ असार १८ गते, शुक्रबार

रोजगारीका लागि रसिया पठाई ठगी गर्ने पक्राउ

काठमाडौँ, १७ असार । विना ईजाजत बैदेशिक रोजगारीका नाममा रसिया पठाउने धनकुटा राजारानी–३ घर भई काठमाडौं बस्दै आएका ४५ बर्षीय कृष्ण प्रसाद लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । आकर्षक तलबमा काम लगाउने प्रलोभन देखाई आफुसंग ६ लाख ३० हजार रुपैयाँ लिएको भनी धनकुटा राजारानी –३ बस्ने धनबहादुर लिम्बुलले महानगरीय अपराध महाशाखामा निवेदन दिएपछि प्रहरीले बुधबार […]

२०७२ असार १७ गते, बिहीबार