हिलम्मे सडकमा धान रोपियो

२०७२ असार १३ गते, आईतवार

काठमाडौं । काठमाडौं महाँकालका स्थानीयहरुले व्यस्त सडकबीचमै धान रोपाइँ गरेका छन् । मेलम्ची खानेपानी परियोजनाले महिनौ देखि सडक खनेर अलपत्र पारे पछि शनिवार स्थानीयहरुले वौद्ध चुच्चेपाटी महाँकाल रामहिटी, कपन, आरुवारीको मुख्य सडकमा रोपाई गरेका हुन् । मेलम्ची खानेपानी परियोजना र कालिका कस्ट्रक्सनको लार्पवाही र ढिलासुस्तिको बिरोध जनाउदै त्यस क्षेत्रका स्थानीयवासीहरुले मुख्य सडकमा असारे गीत गाँउदै रोपाई मात्र गरेनन् हिलाम्मे सडक तत्काल नबनाए उजुरीका लागि राष्ट्रपति र प्रधानमन्त्री कार्यालयसम्म पुग्ने चेतावनी समेत दिए । दर्शकबृन्द, यो धान रोपाई मुठ्ठी रोपेर मानो फलाउँन कुनै कृषकले खेतमा गरेको होइन । काठमाडौंको चुच्चेपाटीदेखि आरुवारी गोकर्ण कपनसम्म पुग्ने सडकका स्थानीयवासीले आक्रोश र बिरोध स्वरुप गरेको धान रोपाई हो । यस क्षेत्रका स्थानीय युवा, महिला केटाकेटीहरुले महाँकाल पानी ट्याङीको मूल सडकमै रोपाई गरेर महानगरपालिका र सरकारको विरोध गरे । मेलम्ची खानेपानी आयोजनाले ६ महिना अघिदेखि काम शुरु गरेर पनि समयमै काम पूरा नगर्दा अहिले यो सडक धान खेतमा परिणत भएको स्थानीयको आक्रोश छ । यस क्षेत्रको निकै ब्यस्त सडक मानिने यो सडकमा मेलम्ची खानेपानी, ढल निकास कार्यालय, महानगरपालिकाले विभिन्न बहानामा काममा गरिरहेको ढिलाइप्रति स्थानीयले असारे गीतको भाकामा आक्रोश पोखे । स्थानीय महिलाहरुले रोपाई मात्र गरेनन्,उनीहरुले यो रोपाई गर्दा पनि खानेपानी कार्यालय र ठेकेदार कम्पनीहरुले अझै वेवास्ता गरे प्रधानमन्त्री र राष्ट्रपति कार्यालयसम्म पुगेर बिरोध स्वरुप रोपाई गर्ने चेतावनी दिएका छन् । सडक खेतको गरा झै हिलोमा परिणत हुदाँ यस क्षेत्रका स्थानीयवासी,स्कुल जाने बालबालिका र बिरामीहरुलाई अस्पताल लैजान समेत कठिनाइ भएको स्थानीयवासीको आक्रोस थियो । यस क्षेत्रका स्थानीय ब्यापारीहरुले सडकको कारण ब्यापार ब्यबसायमा समेत असर परेको भन्दै कर नतिर्ने चेतावनी दिएका छन् । महाँकाल आरुवारी तिनचुले, रामहिटी सडकको निर्माण गर्ने जिम्मा लिएका कालिका कस्ट्रक्सन र मेलम्ची खानेपानी परियोजनाको लापारवाही र अनियमितताले स्थानीय जनता प्रभावित भैरहेको उनीहरुको आरोप छ । यसबाट देशको राष्ट्रिय महत्व वोकेको ठूलो खानेपानी परियोजनाले झण्डै दुई दशक पग्न लाग्दा पनि आफ्नो काम सम्पन्न गर्न नसक्नुको रहस्य उदाङ्गिएको छ ।

प्रतिक्रियाहरु