समाज

पहिरोमा परी १२ को मृत्यु, दर्जनौ घर क्षतिग्रस्त

पोखरा, १४साउन । कास्कीको भदौरे र लुम्लेमा गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । बुधबार राती अबिरल बर्षासँगै गएको पहिरोको कारण भदौरेमा पाँच र लुम्लेमा ६ गरी ११ जनाको मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन । पहिरोमा परी भदौरेमा पाँच जना बेपत्ता रहेका छन् । पहिरोले भदौरे–५ को डुंढे फाँटमा […]

२०७२ श्रावण १४ गते, बिहीबार

हिन्दू राष्ट्र पक्षधरद्वारा चितवन र रुपन्देही बन्द

काठमाडाैँ, १३ साउन । हिन्दु राज्यको माग गर्दै चितवन र रुपन्देहीमा बन्द आव्हान गरीएको छ । ओमकार लेखेर प्रदर्शनमा उत्रिएका बन्दकर्ताले कावासोतीको फलफूल चोकमा बिरोध सहित प्रदर्शन गरेका छन । बन्दका कारण बिहानैदेखी चितवन र रुपन्देहीको जनजिवन प्रभाबित भएको छ । बन्दले लामो छोटो दुरीका सवारीका साधन गुड्न सकेका छैनन । बजार, कलकारखाना, शिक्षण संस्था […]

२०७२ श्रावण १३ गते, बुधबार

आफन्त नहुँदाको पिडा

काठमाडौ, १२ साउन । धनकुटा नगरपालिका ४ स्कूल डाँडाकी ऐतमाया मग्रातिको ७० बर्षको उमेरमा समेत नागरिकता बन्न सकेको छैन ।नागरिकता बनाइदिन सनाखत गर्ने आफन्त कोही बाँकी नरहँदा उनको नागरिकता बन्न नसकेको हो । सबै आफन्त गुमाएकी ऐतमाया नागरिकता नबनेकै कारण बुढेसकालमा राज्यबाट पाउने सबै सेवा सुबिधाबाट बञ्चित बनेकी छन् । सात बर्षको उमेरमै बिवाह भएको […]

२०७२ श्रावण १२ गते, मंगलवार

नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

काठ्माडौ, १२ साउन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैंडाकोटस्थित जयश्री खोलाको पुल भाँचिदा सोमबार साँझदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड अझै खुल्न सकेको छैन । पुल भांचिएसँगै हिजो साँझ ६ बजेदेखि सवारी साधन आवत जावत गर्न रोक लगाइएको छ । बुटवलबाट पूर्व जाने सवारी साधन र नारायणगढबाट पश्चिम जाने सयौं सवारी साधन र हजारौं यात्रु अहिले पोखरा […]

२०७२ श्रावण १२ गते, मंगलवार

बालक बलि दिनेलाई तत्काल कारबाही गर्न माग

काठमाडौं,११ साउन । व्यवस्थापिका संसदमा बजेटमाथि छलफल नभएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । सोमबार बसेको संसद बैठकमा एकीकृत माओवादीका सांसद रामनारायाण विडारीले संसदमा विनियोजन विधेयकमाथि छलफल नगरेको भन्दै आपत्ति जनाए । यसैगरी, संसद बैठकको सुरुमै सांसद देवकरणप्रसाद कलवारले नवलपरासीमा बालक बलि दिनेहरुलाई तत्काल कारबाही गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । यस्तै, सांसद आनन्द पोखरेलले […]

२०७२ श्रावण ११ गते, सोमबार

आज हरिशयनी एकादशी

काठमाडौँ, ११ साउन । आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी आज घरघरमा तुलसीको विरुवा रोपी मनाइँदै छ । हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु(हरि) र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ । वैदिक सनातन धर्म र संस्कृतिमा हरिशयनी एकादशीको ठूलो महत्व रहेको पंडित […]

२०७२ श्रावण ११ गते, सोमबार

मदन भण्डारीका जीवनसम्बन्धि फोटो प्रदर्शनी |

काठमाडौं, १०साउन । नेकपा एमालेका तल्कालिन महासचिव स्वर्गीय मदन भण्डारीका जीवनसम्बन्धि फोटो प्रदर्शनी आजदेखि राजधानीमा शुरु भएको छ ।बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भएको प्रदर्शनीमा स्वर्गीय भण्डारीका जीवनसँग सम्बन्धित ३ सय ५० वटा तस्वीर र दस्तावेज राखिएको छ । साँस्कृतिक संग्रहालय नेपालले आयोजना गरेको फोटो प्रदर्शनी साउन १६ गतेसम्म चल्नेछ । प्रदर्शनीको उद्घाट्न गर्दै एमाले अध्यक्ष […]

२०७२ श्रावण १० गते, आईतवार

लाङटाङ अस्थाइ बासका लागि उपयुक्त

काठमाडौं, १० साउन । भूकम्पपछि पटक पटक गएको हिमपहिरोले असुरक्षित र जोखिम रहेको रसुवाको लाङटाङ क्षेत्र अहिले अस्थायी बासका लागि खुल्ला गरिएको छ । पछिल्लो समय भूगर्भविद तथा दैवी प्रकोप उद्दार समितिले त्यस क्षेत्रको स्थलगत अनुगमन गरेपछि स्यानीयवासीलाई अस्थायी रुपमा बस्न स्थान तोकेको हो । भूकम्पबाट विस्थापित लाङटाङवासीले अस्थायी बासका लागि स्थान निर्धारण गरिदिन अनुरोध […]

२०७२ श्रावण १० गते, आईतवार

यातायात आयोग गठन गर्न माग

काठमाडौं,९ साउन । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले प्रधानमन्त्री सुशिल कोइरालालाई ज्ञापनपत्र बुझाउँदै यातायात आयोग गठन गर्न माग गरेको छ । बिहान प्रधानमन्त्रीलाई भेटेर संविधानमा यातायात मैत्री व्यवस्था समेट्न ध्यानाकर्षण गराइएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । महासंघले संघीयता भएपछि एक प्रदेशबाट अर्को प्रदेशमा जाँदा सवारी कर नलाग्ने व्यवस्था मिलाउन माग गरेको छ । […]

२०७२ श्रावण ९ गते, शनिबार

भदौ १५ देखि बैंगलोर र मुम्बई उडान हुने

काठमाडौं , ९ साउन । नेपाल वायुसेवा निगमले भारतको बैंगलोर र मुम्बई शहरमा उडान सुरु गर्ने भएको छ । निगमले भदौ १५ गतेदेखि नियमित उडान सुरु गर्ने भएको हो । दुबै शहरमा सातामा ३/३ दिन उडान भर्न लागेको निगमका प्रवक्ता रामहरि शर्माले अनलाइनखबरसँग बताए । निगमले मुम्बईमा सोमबार, बुधबार र शुक्रबार उडान भर्नेछ भने बैंगलोरमा […]

२०७२ श्रावण ९ गते, शनिबार