सप्तकोशीमा पानीको बहाव बर्षकै उच्च

२०७२ असार १७ गते, बिहीबार

काठमाडौं, १७ असार । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव यो बर्षकै उच्च पुगेको छ । गएराती १० देखि २ बजेसम्म गरिएको मापन अनुसार नदीमा पानीको बहाव प्रतिसेकेण्ड १ लाख ५६ हजार ३ सय ५६ क्युसेक पुगेको हो । नदीमा पानीको बहाव उच्च भएसंगै राती व्यारेजमा खतरा स्वरुप रातो बत्ती बालेर एकतर्फी सवारी संचालन गरिएको थियो । आज बिहान सात बजे गरिएको मापन अनुसार भने नदीमा पानीको बहाव केही घटेको छ । पानीको बहाव घटेर प्रतिसेकेन्ड १ लाख २९ हजार ९ सय ३५ क्युसेक पुगेको हो । अहिले सप्तकोसीका ५६ मध्ये २० वटा ढोका खोलिएका छन् ।

प्रतिक्रियाहरु