सिन्धुपाल्चोकमा भीषण पहिरो

२०७२ असार १५ गते, मंगलवार

काठमाडौ, १५ असार । मंगलबार बिहान ३ बजे सिन्धुपाल्चोकको हगाम गाविस याङ्लाकोटमा भीषण पहिरो गएको छ । पहिरोले यो गाविसका ५ र ७ नम्बर वडाका ५ वटा अस्थायी घर बगाएको छ । पहिरो गएपछि भएको भागदौडमा ६ जना घाइते भएका छन् । अन्य मानविय क्षति भने नभएको स्थानीय प्रशासनले जनाएको छ । भारी बर्षासँगै बस्ती भन्दा तीन सय मिटर माथिबाट आएको पहिरोमा परी केही पशु चौपायासमेत मरेका छन् । पाँचसय भन्दा बढी घरधुरी रहेको ५ र ७ नम्बर वडामा भूकम्पका कारण सबै घर भत्किएकाले स्थानीयहरु सुरक्षित स्थानमा रहेकाले मानविय क्षति नभएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
यसैबीच बिहान ३ बजेर ३१ मिनेट जाँदा काभ्रेपलाञ्चोक केन्द्रबिन्दु बनाएर ४ दशमलव ४ म्याग्निच्युटको भूकम्पको पराकम्पन गएको छ ।
पराकम्पनको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो ।

प्रतिक्रियाहरु