राजनीति

हत्या बिरोधमा पूर्व पश्चिम राजमार्ग बन्द

काठमाडौ । – पूर्व सभाषद् सद्रुल मिया हकको हत्या बिरोधमा आज बुधबार पनि सप्तरीमा प्रदर्शन भएको छ ।हत्यारालाई कारबाहीको माग गर्दै पीडित आफन्त, स्थानीयबासिन्दा र विभिन्न मुस्लिम संघ संस्थाले प्रदर्शन गरेका छन् । राजमार्गमा गाडी चलेका छैनन् ।हत्याको विरोधमा सप्तरीका सबै उद्योगधन्दा बन्द छन् । प्रदर्शनकारीले ठाउँ ठाउँमा टायर बालेर बिरोध जनाइरहेका छन् । हत्याको […]

२०७० जेष्ठ ८ गते, बुधबार

राजेन्द्र महतो आमरण अनशनमा

काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सरकारसँगको वार्ता असफल भएपछि मंगलबारबाट आमरण अनशनमा बसेका छन । महतो मंगलबार दिउँसो २ बजेबाट रत्नपार्क शान्तिबाटिकामा आमरण अनशनमा बसेका हुन।१० बुँदे मागबारे सरकारले सकारात्मक जवाफ दिएपछि मधेसका २२ जिल्लामा ७ दिनदेखि जारी सद्भावनाका नेता कार्यकर्ताकेा अनशन आइतबार स्थगित भएको थियो । तर, तीन दिनसम्मको वार्तामा पनि सरकारले […]

२०७० जेष्ठ ७ गते, मंगलवार

पूर्व सभासद् मियाँको हत्या

काठमाडौ ,।सप्तरी कल्याणपुर गाविस २ विशनपुर चोकमा रहेको आफ्नै पेट्रोलपम्पमा सुतेको अवस्थामा राती १ वजेतिर पूर्व सभासद सुदरुल मियाँको घाँटी रेटी हत्या भएको प्रहरीले जनाएको छ । हत्या गर्ने समूहको पहिचान भएको छैन ।अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ । स्थानीय वासिन्दाले हत्याराको खोजी गरी कारबाहीको माग गर्दै राजमार्ग सप्तरीमा राजमार्ग अवरुद्ध पारेका छन् । उनीहरुले […]

२०७० जेष्ठ ७ गते, मंगलवार

अपरकर्णाली भारतलाई दिनुहुन्न

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अपरकर्णाली परियोजना कुनै पनि हालतमा भारतलाई दिन नहुने भन्दै यदि नेपाली जनतालाई ठगेर दिएमा त्यसको विरुद्ध संर्घष गर्ने बताए । अध्यक्ष केसीले आफूलाई राष्ट्रियताको लागि लडेको भन्ने वामपन्थीहरु नै राष्ट्रघातको पहिलो मोर्चाका भएको बताए । जनमोर्चाले राजधानीको संवाद डबलीमा आयोजना गरेको ‘अपरकर्णाली ‘ विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै केसीले […]

२०७० जेष्ठ ७ गते, मंगलवार

अपरकर्णाली परियोजनाबारे अन्तरक्रिया हुँदै

काठमाडौं । नेपाल र नेपालीको हितमा नभएको भन्दै चर्को विरोध भइरहेको अपरकर्णाली परियोजना भारतलाई सुम्पने अन्तिम तयारी भइरहेको बेला जेठ ६ गते सोमबार राजधानीमा ‘अपरकर्णाली परियोजना’ विषयमा अन्तरक्रिया कार्यक्रम हुँदैछ । राष्ट्रिय जनमोर्चाको आयोजनामा हुन लागेको सो अन्तरक्रिया कार्यक्रममा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा–माओवादीका सचिव देव गुरुङ, नेकपा मालेका अध्यक्ष सिपी मैनाली, सुनिल प्रजापति, लामो […]

२०७० जेष्ठ ६ गते, सोमबार

राप्रपाको अध्यक्षमा थापा

काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशनले सूर्यबहादुर थापालाई अध्यक्षमा चयन गरेको छ । थापालाई अध्यक्षमा चयन गर्न बन्दसत्रमा पशुपति शमशेर राणाले प्रस्ताव राखेका थिए भने लोकेन्द्रबहादुर चन्द र प्रकाशचन्द्र लोहनीले समर्थन गरेका थिए ।नेताहरुबीच एकतापछि पार्टीको नाम राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी राख्ने सहमति भएपछि कार्यकर्ताको विरोधपछि राष्टिय प्रजातन्त्र पार्टी नै […]

२०७० जेष्ठ ६ गते, सोमबार

कांग्रेसका विभाग र समितिहरुले पूर्णता पाए

काठमाडौं,– नेपाली कांग्रेसका सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादर देउवाबीच नौ महिनादेखि जारी विवाद सहमतिमा टुंगेपछि सभापति कोइरालाले विभागका साथै अन्य समितिहरुलाई पूर्णता दिएका छन । सभापति कोइरालाले आइतबार पार्टी विधानको धारा २४(८) र नियमावली २०६८ को परिच्छेद—३ दफा १३ (२) अनुसार ४१ वटा विभाग गठन गरेको कांग्रेस मुख्यसचिवद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । […]

२०७० जेष्ठ ५ गते, आईतवार

तरकारी बजारका व्यवसायी आन्दोलनमा

काठमाडौं,– काठमाडौंको कालीमाटी तरकारी बजारका व्यवसायीहरु विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् । बजारको छिट्टै पुननिर्माण, स्रोत बजारको व्यवस्था, बजारमा पारदर्शी तरिकाले स्टल वितरणलगायतका माग राख्दै व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।झण्डै डेढ वर्षअघि कालीमाटी तरकारी बजारमा आगलागी हुँदा क्षती भएका भवनको अहिलेसम्म पुनर्निर्माण हुन नसकेको र गैर व्यवसायीहरुले राजनीतिक आड लिएर बजारको ठाउँ ओगटेर पसल […]

२०७० जेष्ठ ५ गते, आईतवार

नयाँ वैदेशिक नीति ल्याइने

काठमाडौँ । नेपालले कुन देशबाट कस्तो खालको फाइदा लिने हो, त्यसै अनुरूपको नीति तयार गर्नुपर्ने सुझाव सरोकारवालाहरूले दिएका छन् । उद्योग मन्त्रालयले गरेको छलफलमा उनीहरूले रोजगारमूलक अर्थतन्त्र आवश्यक भएकाले कृषि, पर्यटन, जलजस्ता क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन सुझाव दिए । सो अवसरमा अर्थमन्त्री कोइरालाले नेपालमा वैदेशिक लगानीका लागि नीतिगत तथा कानुनी सुधार आवश्यक भएको बताए । […]

२०७० जेष्ठ ५ गते, आईतवार

उच्चपदस्थलाई आवास सुविधा

काठमाडौँ । गतमाघ २९ गतेको मन्त्रिपरिषद्को बैठकले आवास सुविधासम्बन्धी मापदण्ड पारित गरेपछि अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायत संवैधानिक निकायका अन्य विशिष्ट तथा उच्चपदस्थ व्यक्तिले आफ्नो पदावधि सकिएपछि पनि आवासको सुविधा पाउने भएका छन् । सहरी विकास मन्त्रालयले एकल तथा संयुक्त आवास भवनहरू खुला प्रतिस्पर्धाका आधारमा निर्माण गर्नका लागि बोलपत्र गर्ने अन्तिम तयारी गरिरहेको छ । […]

२०७० जेष्ठ ४ गते, शनिबार