अपरकर्णाली परियोजनाबारे अन्तरक्रिया हुँदै

२०७० जेष्ठ ६ गते, सोमबार

काठमाडौं । नेपाल र नेपालीको हितमा नभएको भन्दै चर्को विरोध भइरहेको अपरकर्णाली परियोजना भारतलाई सुम्पने अन्तिम तयारी भइरहेको बेला जेठ ६ गते सोमबार राजधानीमा ‘अपरकर्णाली परियोजना’ विषयमा अन्तरक्रिया कार्यक्रम हुँदैछ । राष्ट्रिय जनमोर्चाको आयोजनामा हुन लागेको सो अन्तरक्रिया कार्यक्रममा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा–माओवादीका सचिव देव गुरुङ, नेकपा मालेका अध्यक्ष सिपी मैनाली, सुनिल प्रजापति, लामो समयदेखि सो परियोजना नेपालीको हितमा हुनुपर्छ भन्दै आवाज उठाउने रत्नसंसार श्रेष्ट, गोपाल सिवाकोटी ‘चिन्तन’ लगायतले अपरकर्णाली परियोजना भारतलाई दिन कि नहुने, दिएमा नेपाललाई के घाटा हुन्छ, नेपालले आफैले निमार्ण कसरी गर्न सक्ने भन्नेमा वक्ताहरुले आफ्ना धारणा राख्ने छन् ।
अन्तरक्रिया कार्यक्रम संवाद डबली अनामनगरमा दिउसो १ बजेबाट सुरु हुने आयोजक राष्ट्रिय जनमोर्चाका महासचिव सन्तबहादुर नेपालीले जानकारी दिए । आयोजकले सो कार्यक्रममा सरोकारवाला सवैलाई उपस्थितिको लागि अनुरोध समेत गरेको छ ।- दिपेन्द्र रावल

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु