तरकारी बजारका व्यवसायी आन्दोलनमा

२०७० जेष्ठ ५ गते, आईतवार


काठमाडौं,– काठमाडौंको कालीमाटी तरकारी बजारका व्यवसायीहरु विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् । बजारको छिट्टै पुननिर्माण, स्रोत बजारको व्यवस्था, बजारमा पारदर्शी तरिकाले स्टल वितरणलगायतका माग राख्दै व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।झण्डै डेढ वर्षअघि कालीमाटी तरकारी बजारमा आगलागी हुँदा क्षती भएका भवनको अहिलेसम्म पुनर्निर्माण हुन नसकेको र गैर व्यवसायीहरुले राजनीतिक आड लिएर बजारको ठाउँ ओगटेर पसल सञ्चालन गरेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।
उनीहरुले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको कार्यालय अगाडि आज शान्तिपूर्ण विरोध कार्यक्रम गर्ने बताएका छन् ।आफ्ना मागका बारेमा समितिले चासो नदेखाए थप आन्दोलन गर्ने आन्दोलनरत व्यवसायीको भनाई छ ।तरकारी बजारमा अहिले ५ सय ५० स्टल छन् । तर धेरैजसोले बजारको कुनाकाप्चा र खाली ठाउँ ओगटेर विनाअनुमति पसल सञ्चालन गर्दै आएका व्यवसायीको आरोप छ ।

प्रतिक्रियाहरु