पूर्व सभासद् मियाँको हत्या

२०७० जेष्ठ ७ गते, मंगलवार

काठमाडौ ,।सप्तरी कल्याणपुर गाविस २ विशनपुर चोकमा रहेको आफ्नै पेट्रोलपम्पमा सुतेको अवस्थामा राती १ वजेतिर पूर्व सभासद सुदरुल मियाँको घाँटी रेटी हत्या भएको प्रहरीले जनाएको छ । हत्या गर्ने समूहको पहिचान भएको छैन ।अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ । स्थानीय वासिन्दाले हत्याराको खोजी गरी कारबाहीको माग गर्दै राजमार्ग सप्तरीमा राजमार्ग अवरुद्ध पारेका छन् । उनीहरुले पोष्टमार्टमका लागि लैजान शब पनि दिन नमानेका प्रहरीले जनाएको छ ।मियाँ २०६४ सालमा सप्तरी क्षेत्र नंबर ५ बाट स्वतन्त्र उमेद्वारको रुपमा निर्वाचित भएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु