राजनीति

नयाँ वैदेशिक नीति ल्याइने

काठमाडौँ । नेपालले कुन देशबाट कस्तो खालको फाइदा लिने हो, त्यसै अनुरूपको नीति तयार गर्नुपर्ने सुझाव सरोकारवालाहरूले दिएका छन् । उद्योग मन्त्रालयले गरेको छलफलमा उनीहरूले रोजगारमूलक अर्थतन्त्र आवश्यक भएकाले कृषि, पर्यटन, जलजस्ता क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन सुझाव दिए । सो अवसरमा अर्थमन्त्री कोइरालाले नेपालमा वैदेशिक लगानीका लागि नीतिगत तथा कानुनी सुधार आवश्यक भएको बताए । […]

२०७० जेष्ठ ५ गते, आईतवार

उच्चपदस्थलाई आवास सुविधा

काठमाडौँ । गतमाघ २९ गतेको मन्त्रिपरिषद्को बैठकले आवास सुविधासम्बन्धी मापदण्ड पारित गरेपछि अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायत संवैधानिक निकायका अन्य विशिष्ट तथा उच्चपदस्थ व्यक्तिले आफ्नो पदावधि सकिएपछि पनि आवासको सुविधा पाउने भएका छन् । सहरी विकास मन्त्रालयले एकल तथा संयुक्त आवास भवनहरू खुला प्रतिस्पर्धाका आधारमा निर्माण गर्नका लागि बोलपत्र गर्ने अन्तिम तयारी गरिरहेको छ । […]

२०७० जेष्ठ ४ गते, शनिबार

नेपालमा र्सार्कस्तरीय सरसफाइसम्बन्धी सम्मेलन

काठमाडौँ । नेपालमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -र्सार्क स्तरीय सरसफाइसम्बन्धी सम्मेलन हुने भएको छ । आगामी कात्तिक महिनामा हुने सम्मेलनमा र्सार्क राष्ट्रले सरसफाइका क्षेत्रमा गरेका प्रगति एवं समस्याका बारेमा छलफल हुनेछ । सन् २०१७ सम्ममा सबैका लागि सरसफाइको पहुँच पुर्याउने विश्वव्यापी अभियान रहेको छ । नेपालमा अझै पनि ३८ प्रतिशत जनता सरसफाइको पहुँचभन्दा बाहिर […]

२०७० जेष्ठ ४ गते, शनिबार

आज भण्डारी-आश्रतिको २०औ स्मृति दिवस

काठमाडौ ,आज जेठ ३ गते कम्युनिस्ट नेता मदन भण्डारी र जिवराज आश्रतिको २०औ स्मृति दिवस मनाइदै छ । २०५० साल आजकै दिन नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन प्रमुख आश्रतिको चितवनको दासढुंगामा जिप दुघटनमा परी निधन भएको थियो । यसै दिनलाई मदन आश्रीत स्मृति दिवसका रुपमा मनाइँदै आइएको छ । नेकपा एमालेले आज २०औँ […]

२०७० जेष्ठ ३ गते, शुक्रबार

मुलुक अकल्पनीय दुर्घटना तर्फ :विप्लब

काठमाडौ , । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लबले नयाँ निर्माण गर्ने संविधानको सैद्धान्तिक पक्षमा सहमति नगरी निर्वाचन गर्नुको कुनै अर्थ नरहने बताएका छन । माओवादीद्वारा नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले‘सबै राजनीतिक दलबीच साझा सहमति निर्माण भयो भने निर्वाचन नगरेर पनि संविधान जारी गर्न सकिने दाबि गरे l राजनीतिक दलले जनताको प्रतिनिधित्व गर्ने भएकालेसंविधान निर्माणमा दलीय […]

२०७० जेष्ठ २ गते, बिहीबार

औद्योगिक शान्तिको कुरा नौटंकी : आचार्य

काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका संयोजक रामदीप आचार्यले मजदूरका समस्या समाधान नगरी औद्योगिक शान्तिका कुरा नौटंकी मात्र र आफूहरुले त्यो शान्तिलाई नमान्ने बताएका छन । केन्द्रीय कार्यालयले तय गरेका संघर्षका कार्यक्रम बुधवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । वर्तमान सरकार मजदूरका समस्या समाधान गर्ने भन्दापनि […]

२०७० जेष्ठ १ गते, बुधबार

एमाओवादीका सयौ कार्यकर्ता माओवादीमा प्रवेश

काठमाडौ । एमाओवादीका करिब १०० कार्यकर्ता पार्टी परित्याग गरी नेकपा-माओवादीमा प्रवेश गरेका छन् ।यसरी प्रवेश गर्नेमा एमाओवादी सिन्धुपाल्चोक सहइन्चार्जसहित, जिल्ला सचिवालय सदस्य सानु योन्जन, जिल्ला सदस्य टासी लामा, नरबहादुर तामाङ, विक्रम तामाङ, हिमाल लामा, सोम तामाङ, विक्रम तामाङ, सुनिल लामालगायत छन् ।नवप्रवेशीलाई स्वागत गर्दै माओवादी महासचिव रामबहादुर थापाले सबै पार्टी रहेका देशभक्त अब माओवादीमा गोलबन्द […]

२०७० बैशाख ३१ गते, मंगलवार

जनजाति महासङ्घको अध्यक्षमा नगेन्द्र कुमाल

काठमाडौ , नेपाल आदिवासी जनजाति महासङ्घको अध्यक्षमा नगेन्द्रकुमार कुमाल निर्वाचित भएका छन । गएराति भएको नयाँ नेतृत्वको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी चन्द्रविक्रम राईलाई पराजित गर्दै कुमाल महासङ्घको अध्यक्षमा निर्वाचित भएका हुन । निर्वाचनमा खसेको ५३ मतमध्ये कुमालले ३२ मत र राईले १७ मत पाएका थिए । महासङ्घमा आवद्ध जातीय संस्थाहरूबाट एक एकजनाले मात्रै मतदान गर्न पाउने […]

२०७० बैशाख ३१ गते, मंगलवार

मालेको राष्ट्रिय सम्मेलन सुरु हुँदै

काठमाडौ, । नेकपा मालेको छठौ राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ । काठमाडौमा सुरु हुने सम्मेलनमा नीति र नेतृत्वका विषयमा छलफल हुनेछ । आज उद्घाटनसत्रमा सबै दलका उच्च नेताहरुलाई बोलाइएको छ । आज उद्घाटनसत्र काठमाडौको कमलादीमा सकिएपछि भोलिदेखि ललितपुरको शोभाहीटीमा बन्दसत्र हुने मालेले जनाएको छ । बन्दसत्रमा महासचिव सिपी मैनालीले राजनीतिक प्रतिवेदन पेश गर्नु हुनेछ । […]

२०७० बैशाख २९ गते, आईतवार

एमालेको प्रतिनिधि परिषद्को बैठक साउन ४ र ५ गते

काठमाडौं । आगामी साउन ४ गते नेकपा एमालेले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलएको छ । पार्टी मुख्यालय बल्खुमा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधान संशोधन गर्ने र संविधानसभा निर्वाचनसंग सम्बन्धित बिषयहरुमा आवश्यक निर्णय गर्ने साउन ४ र ५ गते राष्ट्रिय प्रतिनिधि परिषद् बैठक काठमाडौंमा गर्ने निर्णय गरेको हो ।बैठकले संविधानसभा ‘निर्वाचनका लागि पार्टी परिचालन […]

२०७० बैशाख २८ गते, शनिबार