‘मध्यपूर्वको लडाइँले साम्राज्यवाद मरणासन्न अवस्थामा छ भन्ने पुष्टि हुन्छ’

२०८१ बैशाख २६ गते, बुधबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी पोलिट ब्युरो सदस्य तथा कास्की जिल्ला इन्चार्ज आस्था सीले मध्यपूर्वको लडाइँले साम्राज्यवाद मरणासन्न अवस्थामा छ भन्ने पुष्टि भएको बताएकी छिन् ।
मंगलबार पोखरामा नेकपा गण्डकी प्रदेशद्वारा आयोजित पार्टी सुदृढीकरण, जनसम्बन्ध विस्तार अभियान तथा प्रशिक्षण कार्यक्रममा आफ्नो प्रशिक्षण मन्तव्य राख्दै यस्तो बताएकी हुन् ।
उनले अमेरिकी साम्राज्यवादले विश्वभर आफ्नो एकछत्र साम्राज्य बनाएर दबदबामा राख्दै आफुलाई सर्वशक्तिमा ठानेको थियो तर मध्यपूर्वको घटनाले त्यसको गलत पुष्टि गरिदिएको बताइन् ।
उनले भनिन्, अहिले मध्यपूर्वमा अहिले जुन लडाइँ चलिरहेको छ योबाट अब विश्व बहुध्रुवमा विभाजित भएको छ साम्राज्यवाद शक्तिमा छैन आफ्नो प्रभुत्व गुमाउदैछ छ भन्ने प्रष्ट हुन्छ जसले अर्को राष्ट्रलाई आधार बनाएर उदयमान शक्ति राष्ट्रलाई रोक्न सक्दैन जुन रुस युक्रेन लडाइँदेखि लिएर इजराएलसम्म आइपुग्दा सहजै बुझ्न सकिन्छ ।”
उनले त्यो बाटोबाट साम्राज्यवादले चीनसङ्ग टक्कर दिन असम्भव देखेपछि अहिले साम्राज्यवाद विभिन्न प्रलोभन देखाएर नेपालमा हाबी हुन थालेको बताइन् ।
उनले भनिन् ,” अहिले साम्राज्यवादले नेपाली भूमि प्रयोग गरेर चीनमाथी घेराबन्दी गर्न खोज्दैछ । अहिले विश्व परिदृश्य हेर्दा साम्राज्यवाद कमजोर हुँदै गएको र समाजवादी बलियो हुँदै गएको सन्दर्भ छ ।”
मरणासन्न साम्राज्यवादले आफ्नो साम्राज्य प्रभुत्व गुम्न नदिन अन्तिम अस्त्र प्रयोग गर्न सक्ने भन्दै त्यसलाई रोक्न कम्युनिस्ट समाजवादीको बिचमा मोर्चाबन्दी जरुरी रहेको बताइन् ।
उनले थपिन्,” त्यो मोर्चा नेपाली विशेषताको समाजवादका निम्ति हुनेछ त्यसको उदाहरण पछिल्लो पार्टीले सारेको ४ मित्रवर्ग ४ मित्रशक्ति र ६ समुदाय हो । नेकपाका केन्द्रीय सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज उभार सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपाका पोलिट ब्युरो सदस्यहरु आजाद सी, आस्था सी, विप्लव सी, लगाएत प्रदेश अन्तर्गतका ११ ओटै जिल्लाका जिल्ला इन्चार्ज हरुको आतिथ्यता रहेको थियो। कार्यक्रममा दुई सयभन्दाबढी नेकपाका नेता कार्यकर्ताहरु प्रशिक्षणमा सहभागी भएका थिए भने कार्यक्रमको संचालन नेकपाका केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज जुझारु सीले गरेका थिए । – शाहस भट्ट

प्रतिक्रियाहरु